काठमाडौँ । केहीँ समय सम्म निश्क्रिय बनेको राजावादी आन्दोलन फेरि हुने भएको छ । राजसंस्था पुनस्र्थापना र सनातन हिन्दु धर्मका लागि भन्दै जनआन्दोलन घोषणा गरेको छ । चैज्ञ १५ गते हंगामा मच्याएको राजावादी आन्दोलन फेरि सडकमा आउने भएको हो । १५ चैत्रमा पक्राउ परिका धेरै आन्दोलनकारी रिहा भएका छैन । कतिपयमाथी अभद्र ब्यबहार, राज्य द्रोह लगायत मुद्धा लगायर अनुशन्धान भई रहेको छ । चैत्र १५ गते आन्दोलन भड्काएर भागेका दुर्गा प्रसाई पनि यति बेला प्रहरी हिरासतमा छन् । राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र पनि हिरासतमै छन् । तर, फेरि राजावादीहरु आन्दा्लनमा होमिने भएका हुन् । उनीहरुले देशाम राजा नफर्काए सम्म आन्दोलन नरोक्ने बताएका छन् ।
राजसंस्था पुनस्र्थापनका लागि गठित समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै जनआन्दोलन घोषणा गरेका हुन् । व्यवस्था विरोधी राजावादी समूह ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समिति’ले अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको छ ।बिहीबार राजधानीमा पत्रकार सम्मेलन नवराज सुवेदी नेतृत्वको समितिले जेठ १५ देखि राजसंस्था स्थापना नभएसम्म आन्दोलन गर्ने घोषणा गरेको हो। अहिलेको व्यवस्थाले देशलाई निकास नदिने निष्कर्षसहित राजावादी समूहले १४ बुँदे प्रतिबद्धता बाहिर ल्याएका छन् । जसमा सबै विचारधारा र शक्तिहरू हटाउने गरी संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र स्थापना गर्ने उद्घोष गरिएको छ । यस्तै हिन्दुराष्ट्रको पुनस्र्थापना, दुई तहको सरकार हुनुपर्ने राजावादी समूहको भनाइ छ ।
घोषणासभामा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पञ्चायतकालीन नेता केशरबहादुर विष्ट लगायत उपस्थित छन् । राजसंस्था पुनस्र्थापना र सनातन हिन्दु धर्मका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफूहरूले घोषणा गरेको आन्दोलन शान्तिपूर्ण हुने बताएका छन् ।बिहीबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गर्दै सुवेदीले आगामी जेठ १५ गतेबाट देशभर जनआन्दोलन सुरु गर्ने घोषणा गरिएको छ । यता राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले अब कसैले चाहेर पनि राजावादीहरूको एकता नटुट्ने जिकिर गरेका छन् । आफूहरूको लक्ष्य प्राप्त गर्न सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समितिमार्फत कार्यक्रमहरु हुने प्रतिबद्धता पत्रमा उल्लेख छ । यद्यपि आन्दोलनका कार्यक्रम शान्तिपूर्ण हुने, भद्र अवज्ञा र सत्याग्रह आन्दोलनको स्वरूप हुने स्पष्ट गरिएको छ । आन्दोलनलाई सफल तुल्याउन देशको प्रत्येक जिल्ला, पालिका तथा वडाहरूमा संयुक्त जनआन्दोलन समितिहरू गठन गरिने तथा देशको विभिन्न भागहरूमा स्वतःस्फूर्त रूपले जुलुस, धर्ना लगायतका जनप्रदर्शन हुने समितिको भनाइ छ