Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जनताको मन जित्दै खानेपानी मन्त्री प्रदिप यादव: काठमाडौँ बासीले अब स्वच्छ पानी खान पाउने

जनताको मन जित्दै खानेपानी मन्त्री प्रदिप यादव: काठमाडौँ बासीले अब स्वच्छ पानी खान पाउने

काठमाडौँ । पछिल्लो समय खानेपानी मन्त्री प्रदीप यादवको सक्रियता बढ्न थालेको छ । उनले अहिले फिल्डमै पुगेर काम गर्दै आएका छन् । मन्त्री यादवको विशेष निर्देशन पश्चात् खानेपानी अभाव झेलिरहेका काठमाडौँ उपत्यकाबासी अब शुद्ध र सफा मेलम्चीको पानी पिउन पाउने भएका छन् । मन्त्री यादबले आफुले गरेको बाचा अनुसार उपत्यकाबासीको घरघरमा मेलम्ची पानी पुर्याउन थालेका छन् । बषैँ देखी उपत्यकामा पानीको समस्या छ ।

मेलम्चीको पानी आए पछि केहि हद सम्म जनताले रात त पाएका छन् । तर, ठुलो पानी पर्दा होस् या बाढी आउँदा होस् पानी बन्द हुने गरेको छ । मन्त्रालयले त्यसको समस्यालाई समाधान गर्न विभिन्न तरिका पनि अपनाउने भएाके छ । खानेपानी मन्त्री यादबको विशेष निर्देशनपछि मेलम्ची खानेपानी आयोजनाको वितरण सञ्जाल निर्माण कार्य तीव्र गतिमा अगाडि बढाइएको छ ।काठमाडौँ उपत्यकामा रहेका नागरिकका घरघरमा मेलम्चीको पानी पु¥याउने मन्त्री यादवको उदेश्य र लक्ष अनुसार आयोजना कार्यान्वयन निर्देशनालय ९पिआईडी० ले ‘काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना दोस्रो चरण’ अन्तर्गत वितरण सञ्जाल सुधार तथा प्रणाली स्थायीत्व सेवाका लागि आवश्यक प्रक्रिया सुरु गरेको छ ।मन्त्री यादबले अब हरेक जनताको घरमा स्वच्छ र सफा खानेपानी पुर्याउने तयारी भएको छ ।

मन्त्री यादवको प्रयास एवं निर्णय अनुसार काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजन ९दोस्रो चरण० को निर्माण कार्य अगाडि बढाउनका लागि पिआईडीले आवश्यक पूर्वतयारीका कार्य सम्पन्न गरी पाँचवटै प्याकेजको निर्माणका लागि बोलपत्र आह्वान गरिसकेको खानेपानी मन्त्रालयका सचिव ई प्रमिलदेबी शाक्य बज्राचार्यले जानकारी दिए ।उनका अनुसार आयोजनाको दोस्रो चरणको निर्माण कार्य सम्पन्न भएपछिको एक वर्षसम्म खानेपानी वितरण सञ्जालको प्रणाली स्थिरीकरण र सञ्चालन सहितको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निर्माण व्यवसायीको हुने प्रावधान राखिएको छ ।यसअघि, काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना ९पहिलो चरण० अन्तर्गत काठमाडौँ उपत्यकामा करिव ३० किलोमिटर प्राइमरी पाइपलाइन र ३३ वटा खानेपानी वितरण सञ्जालका करिव ९८० किलोमिटर नयाँ पाइपलाइन समेत गरी कूल एक हजार १० किलोमिटर नयाँ पाइपलाइनको सञ्जाल निर्माण भइसकेको छ ।

यसैगरी, आयोजनाको पहिलो चरणमै काठमाडौँ उपत्यकाका विभिन्न नौँ स्थानमा १० वटा पानीपोखरी निर्माण र सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रबाट उपत्यकाका विभिन्न स्थानमा रहेका पानीपोखरीहरूमा थोकरूपमा पानी आपूर्ति गर्न थोक वितरण प्रणालीका ७७ किमी पाइपलाइन विच्छाउने कार्य समेत सम्पन्न भएको छ । प्रदिप यादबको सक्रियताले अहिले खानेपानी मन्त्रालयमा निकै सुधारात्मक काम गरिरहेका छन् । उनको चर्चा कम भए पनि उनले मनत्रालयमा आए देखी नै काममा खटिरहेका छन्।