Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ओलीले फेरि पूर्व मन्त्रीसहित ताप्लेजुङका दुई नेतामाथि गरे कारबाही

ओलीले फेरि पूर्व मन्त्रीसहित ताप्लेजुङका दुई नेतामाथि गरे कारबाही

काठमाडौँ । नेकपा एमालेले कोशी प्रदेशका पूर्वमन्त्री तथा पार्टीका ताप्लेजुङ पूर्व जिल्ला अध्यक्ष बलबहादुर साम्सोहाङलाई कारबाही गरेको छ । उनीसँगै युवा नेता तथा प्रदेश विभाग सदस्य मणि पोमु पनि कारबाहीमा परेका छन् । पछिल्लो समय एमालेका नेता कार।वाहिमा पर्न थालेका छन् ।

पार्टीको अनुशाासन र हित बिपरित गएको भन्दै एमालेले कारवाहिको डण्डा चलाएको हो । हुन त एमालेमा नेतालाई कारवाहि गर्नु कुनौ ठुलो र नौलो कुरा होईन । विशेष गरि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन बिपरित काम गर्ने र उनको आलोचना गर्ने नेता कारवाहिमा पर्दै आएका छन् । तर, यस पटक भने अधिवेशनमा हातपात र तोडफोड गरेको भन्दै कारवाहि गरिएको हो ।  कोशी प्रदेश कमिटीको मंगलवार विराटनगरमा बसेको बैठकले दुवै नेतालाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको प्रदेश इन्चार्ज शेरधन राईले बताए ।

उनीहरुमाथि युवा संघको जिल्ला अधिवेशनमा हातपात र तोडफोडको आरोप छ ।गत वैशाख १८ गते ताप्लेजुङमा सम्पन्न युवा संघको अधिवेशनमा दुई पक्षबीच विवाद भएको थियो । नेतृत्व चयनपछि पोमुको नेतृत्वमा आक्रमण भएर केही घाइते समेत भएको बताइएको छ । अहिले एमालेले देशभरी अबिधेशन गरिरहेको छ । कतै सर्वसम्मत नेतृत्व चयन भएको छ भने कतै निर्वाचन समेत भई रहेको छ । सो क्रममा अध्यक्ष मण्डको अध्यक्ष युवा संघ केन्द्रीय कमिटी सचिव तथा कोशी इन्चार्ज निरोज पौडेलमाथि हातपात भएको थियो । पोमुको नेतृत्वमा २० जनाको समूह बन्दसत्रको हलभित्र छिरेर ढोको थुनेर आक्रमण गरेको आरोप छ । यता एमाले पर्वतको पार्टी कार्यालयमा युवा सङ्घका नेता कार्यकर्ताबिच झडप भएको छ । झडपमा नेकपा एमाले गण्डकी प्रदेशका सदस्य अर्जुन निर्जन पौडेल र युवा सङ्घका नेता धुर्ब श्रेष्ठ घाइते भएका छन् । पौडेलको पर्वत स्थित शान्तिदिप अस्पतालमा उपचार भइरहेको छ ।

गणेश तिमिल्सिना र पदम गिरी समूहबिच झगडा भएको बताइएको छ । गिरी पक्षले आज अधिवेशन डाकेको थियो भने तिमिल्सिना पक्षले समय सार्न माग गरेको थियो । गिरी पक्षका युवाले अधिवेशनको उद्घाटन गरेपछि तिमिल्सिना पक्षका युवाले विरोध गर्दा झडप भएको हो । एमाले पर्वत जिल्ला कार्यालयमा डाकिएको अधिवेशन एउटा पक्ष रोक्ने पक्षमा थियो भने एउटा पक्ष जसरी पनि गर्ने अडानमा थियो । केन्द्रीय सदस्य पौडेल, युवा संघ जिल्ला अध्यक्ष विनोद थापा, सचिव प्रकाश थकालीले रोक्नुपर्छ भन्ने पक्षमा थिए ।पार्टी गोविन्द गिरीको पहलमा फेरि भेला राखेर अधिवेशन हुने बेलामा जिल्ला अध्यक्ष, सचिवसहित पौडेल पनि कार्यक्रम गर्न नहुने पक्षमा गएपछि झडपको अवस्था सिर्जना भएको हो । विवादका कारण पौडेलमाथि प्रहार भएर अस्पताल नै भर्ना भएका हुन् ।राष्ट्रिय युवा संघको जेठ ९ देखि ११ गतेसम्म पोखरामा महाधिवेशन हुँदैछ ।