काठमाडौँ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाथरुममा लडेर घाइते भएका छन् । गएराति बाथरुममा लडेर उनी घाइते भएका हुन् । प्रचण्डको टाउकोमा चोट लागेको छ ।
राति लडेपछि उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । उनको टाउँकोमा टाँका लगाइकएको छ । अस्पतालमा सामान्य उपचारपछि उनी निवासमा फर्किएका छन् ।