Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आफुलाई बदनाम गराउन श्वेतपत्रमा ५ अर्ब नोक्सानी देखाएपछि कुलमान आक्रोशित

आफुलाई बदनाम गराउन श्वेतपत्रमा ५ अर्ब नोक्सानी देखाएपछि कुलमान आक्रोशित

काठमाडौँ । आफुलाई बदनाम गराउन श्वेतपत्रमा ५ अर्ब नोक्सानी भएको श्वेतपत्र जारी गरेको भन्दै विद्युत प्राधिकरणका तत्कालिन निर्देशक कुलमान घिसिङले आक्रोस पोखेका छन् । ८२ अर्ब नाफा आफुले बनाएको भन्दै घिसिङले आफुलाई नराम्रो बनाउनकै लागी घाटाामा गएको आरोप लगाएाके बताएका छन् ।

गत शुक्रबार नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गरेको थियो । प्राधिकरणको नाफा, वित्तीय अवस्था, विद्युत्को लोड भारलगायत सम्बन्धमा आम जनमानसमा देखिएको अन्योल चिर्न भन्दै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र जारी गरेका थिए । त्यसमा प्राधिकरण घाटामा रहेको समेत बताएका थिए ।

प्राधिकरणले निकालेको ५ अर्बको घाटा प्राधिकरणमा घिसिङ आएपछि कमाएको ८२ अर्ब नाफामा अगाडिको ४७ अर्बमा ३५ अर्बसमेत जोडेर २० प्रतिशत ह्रास कट्टीसमेत गरेर ५ अर्ब २६ करोड नोक्सानीमा देखाइएको घिसिङको भनाई छ । प्राधिकरणको अहिलेसम्मको नाफा ८२ अर्ब नै रहेको उनले दाबी गरेका छन् । अहिलेका कार्यकारी निर्देशक शाक्यले श्वेतपत्र सार्वजनिक गर्दै प्राधिकरण चलाउन कि सरकारले ऋण दिनुप¥यो या विद्युत् महसुल बढाउनुपर्ने तर्क गरिरहेका छन्। घिसिङ भने अहिले प्राधिकरणसँग भएको रकम पर्याप्त भएको दाबी गर्छन्। डेडिकेटेड र ट्रंकलाइन विवादमासबै उद्योगीका बक्यौता उठाउन घिसिङले खोजेका थिए तर, उनले उठाउन सकेकनन । सरकारले नै ब्यापारि पोस्ने काम गरे पछि घिसिङ चेपुवामा परेका थिए ।

श्वेतपत्रमा आयकर ऐनको प्रावधानअनुसार थप ह्रासकट्टी ९एक्सिलिरेटेड डिप्रिसिएसन० दाबीसहित नाफा नोक्सान गणना गर्दा यस्तो नोक्सानको अवस्था रहेको श्वेतपत्रमा उल्लेख गरिएको छ । श्वेतपत्रमा प्राधिकरण अहिले नगद प्रवाहको समस्याबाट गुज्रिरहेको उल्लेख गरिएको छ । लिनुपर्ने भुक्तानी उठेको र अपेक्षित रूपमा विद्युत् बिक्रीबाट प्राप्त हुने आम्दानीसमेत अपेक्षित रूपमा नभएको कारण अनिवार्य भुक्तानीमा समस्या आएको प्राधिकरणले जनाएको छ । अहिले प्राधिकरणले ११ अर्ब ५४ करोडको तत्काल भुक्तानी गर्नुपर्ने दायित्व र ३२ अर्ब ५० करोड बराबरको रकम सरकालाई भुक्तानी गर्नुपर्ने दायित्व रहेको उल्लेख गरेको छ । सरकारलाई तिर्नुपर्नेमध्ये ऋणको ब्याजबापत २९ अर्ब ५० करोड र टनकपुरको विद्युत्बापत ३ अर्ब रहेको छ । तर प्राधिकरणले प्राप्त गर्नुपर्ने ४६ अर्ब १५ करोड रुपैयाँ बक्यौता उठ्न सकेको छैन ।

पहिला घिसिङले उद्योगहरुको बक्यौता उठाउन पहल गर्दा सरकारले सहयोग गरेन । अझ उद्योगी मात्रै पोष्ने काम गर्यौ । तत्कालीन समयमा घिसिङ संग उद्योगीहरुको लफडा नै पर्यौ । १८ घण्टा सम्म लोडसेडिङ भोगेका जनतालाइृ घिसिङले उज्यालो देखाए तर, उनी आफै कार्यकाल सकिनु भन्दा अगाडी नै निकालीय । अहिले कुलमानलाई नराम्रो देखाउन शाक्यले जथाभावी रुपमा प्राधिकरण घाटामा गएको प्रपञ्च रचेको आरोप पनि लागेको छ ।