Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पूर्वमन्त्री प्रदीप नेपालको ७१ वर्षको उमेरमा निधन

पूर्वमन्त्री प्रदीप नेपालको ७१ वर्षको उमेरमा निधन

काठमाडौँ । पूर्वमन्त्री प्रदीप नेपालको ७१ वर्षको उमेरमा निधन भएको छ।आज मंगलबार उनको नर्भिक अस्पतालमा निधन भएको हो। स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सोमबार उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो।

उपचारकै क्रममा मंगलबार दिउँसो मृत्यु भएको जानकारी पाएको एकीकृत समाजवादीका नेता मोहन गौतमले जानकारी दिएका छन ।

पार्किन्सन रोगबाट पीडित नेपाल एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीमा खुलेका थिए। तर, पछिल्लो समय स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि निस्क्रिय रहेको गौतमले बताए।

२०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्रीसमेत बनेका नेपाल ०६३ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा शिक्षा तथा खेलकुदमन्त्री बनाइएका थिए।

नेपालले ‘सञ्जय थापाुको नामबाट प्रगतिशील साहित्यमा कलम चलाउने गर्थे। उनका ‘बाघमारेको लालसलाम’, ‘देशको खोजी’, ‘पाइला छाडेर अस्ताएको घाम’, ‘आमाको मन’, ‘सञ्जय थापाका कथाहरु’ लगायतका कृति प्रकाशित छन्।