Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दुर्गा प्रसाई सहित अन्य ७ जनाबिरुद्ध प्रहरीले ज्यान मुद्धा लगाउँने

दुर्गा प्रसाई सहित अन्य ७ जनाबिरुद्ध प्रहरीले ज्यान मुद्धा लगाउँने

काठमाडौँ । गत चैत १५ गतेको राजावादीको आन्दोलनमा पक्राउ परेका दुर्गा प्रसाई सहित अन्य ७ जनाबिरुद्ध प्रहरीले ज्यान मुद्धा लगाउँने भएको छ । आन्दोलन पछि विभिन्न समयमा पक्राउ परेका प्रसाईँसहित सन्तोष राजावादी भनिने सन्तोष कुमार सिलवाल, हरिहर चौलागाईँ, तारा राजावादी भनिने सरोज गौतम, गोकर्ण शाही, दण्डपाणि रेग्मी र हेमराज थारुलाई ज्यानसम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ । विभिन्न मितिमा पक्राउ परेका उनीहरूलाई चैत १५ गते भएका विभिन्न हिंसात्मक घटनामा दोषी ठह¥याउने प्रहरीले प्रयास गदैँ आएको छ । राजा ल्याउन भन्दै दुर्गा प्रसाईको कमान्डमा चैत १५ गते काठमाडौँको ३ कुनेमा प्रर्दशन भएको थियो । प्रर्दशन हिंसामा परिणत भएपछि उक्त दिन ठुलो मात्रामा क्षति भएको थियो । कमान्डर बनेका दुर्गा आन्दोलन भड्काएर भागेका थिए । उनलाई भारत बाट पक्राउ गरेर नेपाल ल्याइउको थियो । उनी अहिले प्रहरीको हिरासतमा रहेका छन ।

केही प्रतिवादीहरूको ज्यान सम्बन्धी कसुरमा बयान कार्य बाँकी नै रहेको र पत्राचार गरिएका कार्यालयबाट जवाफ प्राप्त गर्ने कार्यसमेतका बाँकी नै देखिएको अदालतले जनाएको छ । उपस्थित प्रतिवादीहरूलाई बाँकी अनुसन्धान शीघ्रताको साथ सम्पन्न गर्न संगठित अपराध निवारण ऐन, २०७० को दफा १४ बमोजिम मिति २० गतेदेखि लागू हुने गरी छैटौं पटक दिन ५ (पाँच) म्याद थप गरिदिए थियो । उनीहरूको बयान सकिएको छैन । वारदातको प्रत्यक्षदर्शी लगायत साक्षीहरूको थप घटना विवरण कागज गर्ने, सम्बद्ध विभिन्न कार्यालयहरूमा पत्राचार गरी जवाफ प्राप्त गर्ने लगायतका १९ वटा अनुसन्धान कार्य बाँकी रहेको प्रहरीको भनाइ छ ।

अदालतको आदेशमा उल्लेख गरिए अनुसार प्रतिवादीहरूको गत वैशाख १० गते म्याद थपपश्चात् प्रतिवादी देवीप्रसाद संग्रौलाको बयान, खानतलासी तथा बरामदी मुचुल्का, फरार रहेका प्रतिवादीहरूको पक्राउ, निजहरूको बयान लगायतको मूल्याङ्कन भएको थियो । प्रतिवादीमध्येका दुर्गा प्रसाद प्रसाईँले क्यान्सरको उपचारको लागि साधारण तारिख वा हाजिर जमानीमा छाड्न पाउँ भनी निवेदन दिएका छन् । तर उनको ज्यान सम्बन्धी कसुर मुद्दामा बयान गराउने कार्य बाँकी नै रहेको भन्ने देखिएकोले निवेदन माग अनुसार साधारण तारेख वा हाजिर जमानीमा छाड्न नमिलेको अदालतले बताएको छ ।

प्रसाईँको स्वास्थ्य उपचारमा उचित प्रबन्ध गर्न यसअघि भएको आदेशलाई न्यायाधीशले निरन्तरता दिएका छन् । पूर्वदेशानुसार प्रतिवादी दुर्गा प्रसाद प्रसाईँको स्वास्थ्य उपचारको लागि उचित प्रबन्ध गर्न आदेश गरिएको छ ।