Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एकै परिवारका ३ छोरा प्रहरीका काबिल अफिसर,जसको चर्चा चौतर्फी

एकै परिवारका ३ छोरा प्रहरीका काबिल अफिसर,जसको चर्चा चौतर्फी

काठमाडौँ । एकै परिवारका ३ छोरा प्रहरीका काबिल अफिसर ।।। अहिले नेपाल प्रहरीका ३ जना अफिसर  चर्चामा छन । एकैपरिवार ३ जना दाजुभाई प्रहरीका अफिसर भएपछि एकाएक चर्चा चुलिएको हो । प्रहरी संगठन भित्र काबिल अफिसरका रुपमा चर्चित रहेका यी दाजुभाईहरु मध्य जेठा र माईला छोरा डिएसपी हुन भने कान्छा छोरा इन्स्पेक्टर ।।।

जेठो छोरा सिद्धराज न्यौपाने पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको पिएसओ रहेका छन । उनी प्रहरी नायब उपरीक्षक (डिएसपी) हुन । उनी लामो समयदेखि दाहालको सुरक्षा कमाण्डमा कार्यरत छन् ।

२०६३ सालमा प्रहरी निरीक्षकबाट सङ्गठनमा भर्ना भएका उनी २०७४ मा प्रहरी नायब उपरीक्षकमा बढुवा भएका थिए । उनी सङ्गठनमा एक कुशल प्रहरी अधिकृतका रुपमा चिनिन्छन् । उनले अहिलेसम्म धेरैजसो ठाउँमा इन्चार्जको भूमिका निर्वाह गरेका छन् । उनी चाँडै प्रहरी उपरीक्षकमा बढुवाको लाइनमा रहेका छन । माइलो छोरा केशर न्यौपाने सल्यान जिल्लाको कमाण्ड सम्हालिरहेका छन् । उनी पनि प्रहरी नायब उपरीक्षक हुन । २०७० मा प्रहरी निरीक्षक भएका उनी २०८० मा प्रहरी नायब उपरीक्षकमा बढुवा भएका थिए ।

काठमाण्डौं, हेटौडा लगायतका जिल्लाका विभिन्न प्रहरी युनिटको कमाण्ड सम्हालेका उनी अहिले सल्यानमा प्रशंसायोग्य काम गरिरहेका छन् । उनी जनतासँगको मितव्ययी सम्बन्धका कारण चर्चामा रहन्छन् । कान्छो छोरा मुकेश न्यौपाने २०७६ मा प्रहरी निरीक्षक भए । उनी हाल रुपन्देही जिल्लाको इलाका प्रहरी कार्यालय बेलैयामा कार्यरत छन् । यी दाजुभाईको चर्चा अहिले निकै चुलिएको छ । उनका पिता शिक्षक रहेका थिए । सुरुमा अछाम जिल्लाको विकट क्षेत्र रामारोसनको बाटुलासैन गाउँका रहेका उनको परीवार पछि कैलाली बसाईसरेको हो । यी काबिल अफिरलाई जन्मदिने पिताको नाम हो, देवानन्द न्यौपाने जो  सुरुमा रामारोसनमा रहेको प्रावि तहको शिक्षक रहेका थिए । उनकी श्रीमति  पारु गृहिणी रहेकी थिइन । चार छोरा र तीन छोरी हुर्काउन न्यौपाने दम्पत्तीलाई सुरुमा निकै अप्ठ्यारो रहेको थियो ।

अहिले छोराछोरीको प्रगतिले न्यौपाने दम्पतीका दिन फेरिएका छन्। तीनजना छोरा नेपाल प्रहरीको अफिसर छन्। अर्को एक छोरा इन्जिनियर र एक छोरी डाक्टर छन् । अछामको विकट मानिने रामारोसन क्षेत्रमा शिक्षण पेसामा कार्यरत देवानन्दको कुनै राजनीतिक सम्बन्ध थिएन । उनले भनसुन गर्ने मान्छे पनि चिनेका थिएनन् । उनी छोराहरूको आफ्नै मेहनतले उचाइ हासिल गरेको बताएका छन ।  न्यौपानेको परिवार अछामबाट कैलाली बसाइँ सरेको छ । उनीहरु कैलालीको जानकी गाउँपालिका बन्देवीपुरमा बसोबास गर्छन् । देवानन्दका बाबुआमा पहिल्यैदेखि सो ठाउँमा बसोबास गर्दै आएका थिए ।