काठमाडौँ । छोटो समयमै संसदको चौथो ठुलो दल र राम्रो जनमत बोकेको लोकप्रिय पार्टिका रुपमा परिचित राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले नयाँ नियम लागु गरेको छ । अन्य पुराना पार्टी भन्दा आफुलाई फरक पार्टीको रुपमा स्थापित गराउन रास्वपाले आफ्नो कार्यालयमा केन्द्रिय सदस्यहरु राख्ने प्रावधान सुरु गरेको हो ।
रास्वपाले केन्द्रीय सदस्यहरू तालिका मिलाएर पार्टी कार्यालय बस्नुपर्ने नितिलाई आत्मसाथ गर्दै पार्टीलाई थप प्रधावकारी बनाउने तयारी गरेको छ । केन्द्रीय सदस्यहरूलाई साप्ताहिक रूपमा पार्टी कार्यालयमा उपस्थित हुनै प्रावधान लागू गरिएको रास्वपाले जनाएको छ। केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ११ बजेदेखि दिउँसो ४ः३० बजेसम्म केन्द्रीय सदस्यहरूले अनिवार्य उपस्थिति जनाउनुपर्ने गरी साप्ताहिक तालिका सार्वजनिक गरिएको हो। पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले यो व्यवस्थाले केन्द्रीय सदस्यहरूको जिम्मेवारी र सक्रियता बढाउने बताए। यस्ले नेताहरुलाई थप सक्रिय मात्रै बनाउँदैन संगठनलार्य थप बलियो पनि बनाउन मद्दत गर्छ । तालिका अनुसार आइतबार शिव नेपाली, सोमबार कामिनी चौधरी, मंगलबार रामकृष्ण भट्टराई, बुधबार गणेश कार्की, बिहीबार एलिजा गुरुङ र शुक्रबार प्रभात अधिकारी केन्द्रीय कार्यालयमा उपस्थित हुनेछन्। अर्को हप्ता नयाँ तालिका सार्वजनिक हुनेछ। ‘अब देखि राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय सदस्यहरूलाई साप्ताहिक रूपमा उपस्थितिको जिम्मेवारी तोकिने छ,’ कार्यवाहक प्रवक्ता मनिष झा भन्छन् । रास्वपाले यो प्रावधानबाट पार्टीको आन्तरिक संगठन र गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरेको छ। रास्वपा अहिले कठिन मोडमा छ । पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै काराघारमा छन् ।पोखरा, काठमाडौँ, बुटव, चितवन र पर्सा ५ ओटा सहकारीमा लामिछाने माथी मुद्धा चलिरहेको छ ।
८४ दिन कास्की हिरासतमा बसेर धरौटिमा छुटेका लामिछाने पार्टीमा सक्रिय भएको केहि दिनमै काराघार चलान भए । कास्की , काठमाडौ, चितवन, र बुटवलमा धरौटिमा रिहा भएका लामिछाने उच्च अदालत तुल्सीपुर बुटवल ईजलासले सुप्रिम सहकारीमा धरौटिको आदेश उल्ट्याउँदै थुनामा पठाएको छ । अहिले लामिछाने काराघार चलान भए पछि रास्वपाको महाधिबेशन समेत प्रभावित भयो । बैशाखमा गर्ने महाधिबेशन सरेर मंसिरमा पुगेको छ । अहिले रास्वपाले भने महाधिबेशन केन्द्रित कार्यक्रम गरिरहेको छ । वडा तह देखी संगठन बिस्तारमा लागि परेको छ । यति बेला रास्वपा प्रदेश केन्द्रित अभियानमा पनि छ । सात ओटै प्रदृेशका लागी नेताहरुलाई जिम्मेवारी तोकिएको छ ।
सानो पार्टी भए पनि रास्वपा आर्फैमा बलियो पार्टी पनि हो त्यसैले ८४ को लागी पनि रास्वपाले अहिले तल्लो तहबाटै काम सुरु गरिरहेको छ । त्यसैले पनि यि सबै कुरालाई मध्य नजर राखेर रास्वपाले पार्टीमा पनि एक जना केन्द्रिय सदस्यलाई दैनिक रुपमा राख्न थालेको हो ।