Shares
Shares
आज विक्रम संवत २०८२ साल वैसाख २१ गते, आइतबार ।
आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययन अध्यापनमा अलिक बढी समय खर्चिदा नतिजा आफैतिर ल्याउन सकिनेछ । कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहँदा चाहँदै पनि घरायसी सुख सुविधाहरु प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा मान सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरु हावी हुनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथीहरुबाट टाडिएर परदेशको यात्रा गर्नुपर्दा असहज महशुस हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरु बन्नेछन््् । रोकिएर बसेका कामहरु बन्नुको साथै विस्तारै नयाँ काम बन्नेछन् । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकमाझ राम्रो काम गरी प्रसिद्धी कमाउन सकिनेछ । शेयरबजार तथा वित्तीय क्षेत्रमा लगानी गरेर आम्दानी गर्न सकिनेछ । नसोचेको काम हुने वा यात्राको अवसर प्राप्त हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेमको गाठो कसिलो हुनेछ भने जीवन साथीको सहयोगले उत्पादनमूलक काम गर्न सकिनेछ । पारिवारिक सभा समारोहका सहभागि भई मीठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । कलाकारिता तथा फिल्मी क्षेत्रमा समय लगानी गर्नेहरुको नाम तथा दाम दुबै कमाउने ग्रहयोग रहेकोछ । कुटुम्बको सहयोगले राम्रा काम गर्न सकिनेछ । असजिलो परिस्थितिलाई बुद्धिमतापूर्वक सहजतामा ढाल्न सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नयाँ प्रविधिको प्रयोग गरेर रचनात्मक कार्य गर्न सकिनेछ । राजनीति कर्मीहरुका लागि जनताको काम समयमा गर्न सकिने हुनाले पद प्राप्तिको गतिलो योग रहेकोछ । विद्यार्थी वर्गका लागि मेहनेत गरी अध्ययन गर्दा उत्कृष्ट नतिजा हात पार्ने योग रहेकोछ । सुन्दर तथा विलाशिताका सर सामान प्रयोग गरी अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । लामो समयदेखि बिछोड भएका मित्रहरुसँग भेट हुनाले दिन रमाइलो गरी बिताउन सकिनेछ । लामो दुरीको यात्राको प्रक्रिया बढ्नेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) काम गर्दा कानुनको पालना राम्रोसँग गर्नुहोला, राज्यबाट दण्ड तथा जरिवान हुन सक्छ । माया प्रेमको दुरी बढ्ने हुनाले मनमा नरमाइलो महशुस हुनेछ । यात्राको क्रममा रुपैयाँ पैसाको सही परिचालन गर्न नसक्दा खर्च बढ्नेछ । र, पनि वैदेशिक यात्राको तय हुनेछ भने विदेशी सामान तथा रुपैयाँ पैसा हातलागि हुने योग रहेको छ । विदेशमा बसेर अध्ययन तथा काम गर्नेहरुले आजको दिन आफ्नो कामदेखि सन्तुष्ट हुनेछन् ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाइ लेखाइमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । व्यापार, शेयरबजार तथा उद्योगमा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेकोछ । सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरु लाभ हुनेछ । नसोचेको धन प्राप्त हुने तथा यात्राको अवसर जुर्नेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यवसाय फस्टाएरु जाने तथा व्यवसायिक यात्रा हुनेछ । अध्ययनमा समय दिई आफ्नो विद्यालाई निखार्ने सकिनेछ । आटेका तथा चाहेका कामहरु गर्न सकिने तथा साथीभाइको राम्रो सहयोग प्राप्त गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने घर परिवारमा तपाईंको कामदेखि सबै प्रशन्न हुनेछन् । सार्वजनिक पदमा बसेर सेवा प्रवाह गर्नेहरुले तपाईंको काम समयमा गरिदिने हुनाले समय र रुपैयाँ पैसाको बचत हुनेछ । चुनौतिलाई किनारा लगाउँदै राम्रा कामगर्दा समाजमा स्थापित हुन सकिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आकस्मिक धन सम्पत्ति प्राप्त हुनेछ भने नसोचेको धन तथा सम्पत्ति हात लाग्ने योग रहेकोछ । समस्याको सजिलै समाधान गरि उपलब्धिमूल कामहरु गर्न सकिनेछ । अध्ययन अनुसन्धानमा सोचेभन्दा राम्रो प्रगति हुन तथा नयाँ कुरा पत्ता लगाउन सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने बैंक तथा वित्तीय क्षेत्रमा गरिएको लगानी बाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । धार्मिक क्षेत्र तथा मन्दिरतिरको यात्राको तय गर्न सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिर्य घट्ना नघट्ला भन्न सकिन्न । लामो समय देखिको प्रेममा अविश्वास बढ्न सक्छ । पढाइ लेखाइमा समय दिन नकस्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदिबहिनीसँग विवाद सिर्जना हुनेछ । व्यापार व्यवसायमा आम्दानी बढाउन निकै नै समय खर्चनु पर्नेछ । खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कामको चाप र थकाइबाट मुक्तरही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ। जीवन साथीको साथ रमाइलो यात्रा गर्न सकिनेछ भने यात्राबाट सकारात्मक नतिजा हात लागि हुने योग रहेकोछ । वित्तीय बजारमा नयाँ लगानीकर्ताको लागी समय राम्रो रहेकोछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) छोटो दुरीको अफिसियल यात्राको योग रहेकोछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा हात पार्न सकिनेछ । नयाँ काम पाउने वा नोकरीमा बढुवा तथा स्थानान्तरणको बलियो सम्भावना रहेकोछ । निर्माण सामाग्री, खाद्यान्न, पहिरन तथा गरगहनाको व्यापारमा उल्लेख्य बृद्धि हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्ध थप बलियो हुनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । ऋण, रोग र सत्रुबाट छुटकारा पाइनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समय राम्रो रहेकाले थोरै समयमा उपलब्धिमूलक कामहरु बन्नेछन् । प्रयत्न गर्दा आटेका तथा चाहेका कामहरु बन्ने हुनाले आर्थिक अवस्था उत्तम हुनेछ । चिट्ठा पर्ने तथा नसोचेका धन सम्पत्ति हात लागि हुनेछ । पढाइ लेखाइकै सन्दर्भमा लामो दुरीको यात्रा हुनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नोकरीमा पदोन्नती हुने योग रहेकोछ । सन्तान तथा आफन्तको सहयोग पाउदा मन प्रशन्न हुनेछ ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209