Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपा सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टलाई कारबाहीको सिफारिस

रास्वपा सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टलाई कारबाहीको सिफारिस

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टलाई कारबाहीको सिफारिस गरिएको छ । तत्कालीन सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठ र पार्टीबाट निष्कासित पूर्वमहामन्त्री मुकुल ढकालसँग मिलेर पार्टी चलाएको आरोपमा विष्टलाई प्रदेशका ९ जिल्ला सभापतिले कारबाहीको सिफारिस गरेका हुन् । प्रदेशका ९ वटै जिल्ला सभापतिहरूले संयुक्त रूपमा सुदूरपश्चिम इन्चार्ज हरि ढकाललाई ध्यानाकर्षणपत्र बुझाउँदै सभापति विष्टलाई कारबाही गर्न माग गरेका हुन् । हरि ढकाल अबिधेशन केन्द्रित रुपमा सुदुरपश्चिमको नेर्तत्व गरिरहेका छन् । रास्वपाले मंसिरम ागर्ने महाधिबेसनका लागी तयारी तिब्र बनाएको छ ।

वडा तह देखी नै संगठन बिस्तार लगायतका काम धेरै भएकाले पनि रासवपालाई चुनौति छ । बैशाखमा गर्ने भनिएको महाधिबेशन समय अभाबका कारण मंसिरमा सारिएको थियो । सुदूरपश्चिमबाट दिपक बोहरा (डडेलधुरा) , विजय जैरु (कञ्चनपुर) र प्रतिभा रावल (अछाम) गरी तीन जना रास्वपाको केन्द्रीय समितिमा छन् । उनीहरु तीनै जना रवि लामिछाने निकट मानिन्छन् । स्रोतका अनुसार प्रदेश सभापति विष्टले लामिछाने निकटका मान्छेलाई पेल्ने र केन्द्रीय नेतालाई अटेर गर्ने अरोपसमेत लगाइएको छ । ढकाललाई बुझाइएका दुईवटा छुट्टाछुट्टै पत्रमा उनीहरूले प्रदेश सभापति विष्टको भूमिकामाथि प्रश्न उठाएका छन् ।

उनीहरूले भने राइट टु रिकलको व्यवस्थाअनुसार विष्टलाई कारबाही गरी सुदूरपश्चिम संगठनको संरक्षण गरिदिन भनेका छन् । उनीमाथि विधानविपरीत पदाधिकारी मनोनीत गरेको, फरक मत राख्नेलाई पदबाट हटाउने, अधिवेशनकेन्द्रित राजनीति गर्ने, पार्टीभित्र गुटबन्दी गर्ने, प्रदेश पदाधिकारी मनपरी तरिकाले नियुक्त गर्ने÷हटाउने, प्रदेश समिति बैठकका नक्कली कागजात तयार गरी कागजजी प्रमाण तयार गर्ने, पटक–पटक पार्टी नेतृत्वलाई धोका दिएको लगायतका ११ बुँदे आरोप छ । विष्टमाथि कारबाही प्रक्रिया अघि बढाउन प्रदेश इन्चार्ज एवं सांसद हरि ढकाललाई निवेदनसमेत दिइएको छ । विष्टमाथि तानाशाही प्रवृत्ति देखाउँदै गुटबन्दी प्रवद्र्धन गर्ने र विधानविपरीत नियुक्ति तथा संगठनलाई विभाजन गर्न लागेको आरोप समेत लगाइएको छ ।

दोस्रो पत्रमा भने सभापतिमाथि कारबाहीको प्रक्रिया अघि बढाउन माग गरिएको छ ।प्रदेश सभापति विष्टमाथि प्रश्न उठेपछि अहिले रास्वपा सुदूरपश्चिम भित्रको विवाद सतहमा आएको छ । नेता तथा कार्यकर्ता विभाजित भएका छन् । पार्टीभित्र राम्रा मान्छेभन्दा आफू निकटका मान्छेलाई संरक्षण गर्ने प्रवृत्तिको निसानामा आफू पनि परेको रास्वपा प्रदेश सभापति विष्टले बताए । पार्टीले चलाएको अभियानमा नगएको भन्ने आरोप पनि गलत भएको उनले बताए । १५ दिनसम्म भारतका विभिन्न सहरमा रहेर नेपालीलाई पार्टीसँग जोडेको कुरा नेतृत्वले नदेखेको उनको गुनासो छ । रास्वपाका सुदूरपश्चिम इन्चार्ज हरि ढकालले जिल्ला सभापतिहरूले आफूलाई ध्यानाकर्षणपत्र बुझाएको बताउँदै प्रदेश सभापतिमाथि कारबाही हुनुपर्ने कुनै कारण नरहेको दाबी गरेका छन् । अपहले महाधिबेशन केन्द्रित अभियानका लागी हरि ढकाल सुदूरपश्चिमको नेतृत्व गरिरहेका छन् ।