Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राप्रपाको वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलगायतका रिहाइको माग गर्दै रिले अनशन सुरु

राप्रपाको वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलगायतका रिहाइको माग गर्दै रिले अनशन सुरु

काठमाडौँ । राप्रपाको वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलगायतका रिहाइको माग गर्दै रिले अनशन सुरु भएको छ। राष्ट्रवादी देशभक्त जनताको आयोजनामा मिश्रको रिहाइ माग गर्दै आजदेखि ललितपुरको जावलाखेलमा रिले अनशन सुरु गरेको हो । उनीहरुले मिश्रको रिहाइसँगै ४ बुँदे माग पनि राखेका छन् ।मिश्रमाथि लगाइएको झुटा मुद्दा खारेज गर्नुपर्ने, रविन्द्र मिश्रलगायत सबै राष्ट्रवादी साथीहरुलाई रिहाइ गर्नुपर्ने, विधिको सुशासन कायम गर्नुपर्ने र नागरिक स्वतन्त्रता हकसहितको सम्मान गर्नुपर्नेलगायतको उनीहरुको ४ बुँदे माग छ ।मिश्रसहितका केही राप्रपा नेताहरु गत चैत १५ गते राजावादी प्रदर्शनमा पक्राउ परेका थिए ।

जिल्ला अदालत काठमाडौँले तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र राजावादी आन्दोलनका जनकमान्डर दुर्गा प्रसाईंलाई सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो । मिश्र र प्रसाईंसहित २४ जनालाई म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराइएको थियो। गत चैत १५ गते काठमाडौँको तीनकुनेमा प्रसाई र मिश्र नेतृत्वको समूहले विध्वंस मच्चाउँदा २ जनाको ज्यान गएको थियो भने धेरै घर, प्रतिष्ठान, सवारी साधन लगायतको सम्पत्ति तोडफोड र आगजनी गरेको थियो।उक्त घटनामा पक्राउ परेकामध्ये ८५ जना हिरासतमा छन्। ६१ जनामाथि आपराधिक उपद्रवको कसुरमा अनुसन्धान चलिरहेको छ। दुर्गा प्रसाई, रवीन्द्र मिश्रलगायत २४ जनालाई राज्यविरुद्धको कसुरमा मुद्दा चलाइउने तयारी छ।

अदालतले मिश्रको बयान सकिएको र प्रसाईंको पनि जारी रहेको विषयलाई उल्लेख गर्दै थप प्रमाण नभए तीन दिनभित्र तारेख वा हाजिर जमानतमा छाड्न आदेश दिएको थियो । प्रहरीले भने अनुसन्धान गर्नुपर्ने थप विषयहरु अझै बाँकी रहेको भन्दै म्याद थप गर्नुपर्ने प्रस्ताव गरेको थियो । इजलासमा मिश्रले ‘आफ्नो नाक अगाडि नै प्रहरीले अश्रुग्यास खसालेर नवराज सुवेदी समेत घाइते भएपछि आफू केही आवेगमा आएको’ बताएका थिए । तर, ढुंगामुढा वा तोडफोड गर्न आफूले कहिल्यै नभनेको उनले जिकिर गरेका थिए ।यसअघि अदालतले मिश्र र प्रसाईंको स्वास्थ्य संवेदनशीलताप्रति ख्याल गर्दै त्यस्तो आदेश गरेको थियो । अदालतमा मिश्र र प्रसाईंले स्वास्थ्य कारण देखाउँदै आफूहरुलाई हाजिर जमानतमा छाड्नुपर्ने मागसहित निवेदन समेत दिएका थिए ।

तीनकुनेको राजावादी प्रदर्शनका जनकमाण्डर भनिएका प्रसाईंविरुद्ध कर्तव्य ज्यानसहित ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, संगठित अपराध र राजद्रोहको समेत मुद्दा लगाइएको छ । मिश्रलाई भने राजद्रोह र संगठित अपराधको मुद्दा चलगाइएको छ । मिश्र १५ चैतमै पक्राउ परेका थिए भने प्रसाईंलाई प्रहरीले भारतबाट पक्राउ गरेर ल्याएको थियो । मिश्रसँगै पक्राउ परेका सांसद् धवलशमशेर राणा प्रहरीले स्वास्थ्यलाई कारण देखाउँदै एक साताअघि छाडेको थियो ।