काठमाडौँ । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्न नसकेको ४ महिना पुग्नलाई सकेको छ । गत १४ पुस २०८१ मा १६औं नगरसभा बैठक बस्नु अगाडि बसेको कार्यपालिका बैठक त्यसपछि बस्न सकेको छैन । त्यस अगाडि हरेक महिना एकचोटि कार्यपालिका बैठक बस्दै आएको थियो ।
तर, महानगरपालिकाको काठमाडौं टावर विवाद चर्केपछि मेयर बालेन्द्र ९बालेन० साहले कार्यपालिका बैठक राखेका छैनन् । अहिले झन उपमेयर सुनिता ढंगोल र बालेन बिचको टकराबले बिबाद झन उत्कर्षमै पुगेको । सुनिताले फेसबुकमा स्ट्याटस लेखेको भरमा महानगर नचल्ने भन्दै बालेनमाथी आक्रोस पोख्दै आएकी छिन् । केहि दिन अगाडी मात्रै एमालेको ४० बर्ष मुनीका युबाको कार्यक्रममा त झन बालेन माथी आक्रोस नै पोखिन । ईष्टन्टले देश नचल्ने भन्दै कार्यक्रममा भने पछि उनी अहिले आलोचनाको शिकार भएक िछिन् । काठमाडौं टावर विवाद भएपछि गुरागार्ल कुनै पनि कार्यपालिका बैठक वा नगरसभा बैठक चलाउन पाएका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन अनुसार प्रमुख प्रशासकीय अधिकृत बैठक र सभाका सदस्यसचिव हुन्छ, उसैले बैठकको निर्णय लेख्ने प्रावधान छ ।
केहि समय अगाडी सुनिताले वडा सदस्य र कर्मचारी संग मिलेर जबरजस्ती गुरागाईलाई भित्रमएकी थिईन । त्यस यता बाले सुनिता संग पनि रुष्ट छन् । यस अगाडी काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरूले कार्यपालिकाको बैठक माग गर्दै मेयर बालेन्द्र शाह ९बालेन०लाई ज्ञापनपत्र पनि बुझाई सकेका छन् । महानगरका प्रवक्ता वडाध्यक्ष नवीन मानन्धरसहित १८ जना वडाध्यक्ष र पाँच कार्यपालिका सदस्यले हस्ताक्षरसहित पत्र बुझाएका थिए ।तर, पनि कार्यपालीका बैठक चल्न सकेको छैन । खासगरी काठमाडौँ भ्युटावरको विषयमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले अनियमितता गरेको भन्दै विवाद चर्किएपछि मेयर बालेन शाहले गुरागाईं सदस्य सचिवको रूपमा स्वीकार गरी बैठक राख्न चाहेका छैनन् । वडाअध्यक्षहरूसँगै उपमेयर सुनिता डंगोलले पनि बैठक राख्न मेयरलाई दबाब दिइरहेकी छन् ।
बैठक बोलाउने अधिकार मेयरलाई भएको र यो काम उपमेयरले गर्न नसक्ने बताएकी उपमेयर डंगोलले आफू कानुनभन्दा बाहिर जान नमिल्ने बताएकी थिइन् । तर उनले मेयर शाहसँगको सम्बन्ध भने पहिल्यैजस्तो रहेको र विवाद नभएको स्पष्ट पारिन् । उनले सम्बन्ध राम्रो भएको बताए पनि उनीहरु बिचमा पहिलेको जस्तो सम्बन्ध नरहेको प्रष्ट देखीन्छ ।सुनिताले बालेनको आलोचना गरे पछि बालेन भने अहिले सम्म एक शब्द बोलेका छैनन । अहिले काठमाडौँ भ्यु टावरबाट सुरु भएको महानगरको किचलो समाधान हुन सकेको छैन । उपमेयर नै मेयरको बिरुद्ध गए पछि समस्याको चाङ झन धेरै थपिएको छ ।