काठमाडौँ । आफुलाई संसदीय दलको नेताबाट हटाउन लबिङ गरेको थाहा पाएपछि काग्रेसका सभापति शेर बहादुर देउवाले कान्छाराम तामाङलाई मन्त्री पदबाट निकालेको खुल्न आएको छ । केही समय देखि देउवा निकट रहेका उनै तामाङ मन्त्री बनेपनि देउवाकै विपक्षीमा लागेका हुन । उनलाई देउवाले नै मन्त्री पदका लागि सिफारिस गरेका थिए भने उनले नै कान्छाराको मन्त्री पद चैट पार्दिएका छन । आफनै पार्टीका सभापति देउवालाई संसदीय दलको नेताबाट हटाउन विभिन्न पदाधिकारी र नेताहरूलाई भेटेर हार गुहार गरेको पाइएपछि देउवाले पदबाट बर्खास्त गर्न सिफारिस गरेको देउवा निकट केही नेताहरुले जनाएका हुन ।
केही नेताहरुका अनुसार देउवालाई संसदीय दलको नेताबाट हटाएर नेता डा. शेखर कोइरालालाई नेता बनाउने पक्षमा लबिङ गरेको र महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा देउवासँग असन्तुष्ट संस्थापन पक्षीय नेताहरूलाई भेटेर दलको नेताबाट हटाउन पर्यो भनेर लबिङ गरेको बताइएको छ । पछिल्लो समयमा उनी सँग देउवा रुष्ट देखिएका छन जसले गर्दा उनको मन्त्री पद नै गएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख १० गते ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई पदबाट बर्खास्त गरेका थिए । उनको पदमा नेपाली कांग्रेसको सिफारिसमा बुधबार मात्रै म्याग्दीबाट निर्वाचित खमबहादुर गर्बुजालाई नियुक्त गरिएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि थाइल्यान्डको बैंककमा रहेका वेला प्रधानमन्त्री ओलीले राज्यमन्त्री तामाङलाई बर्खास्त गरेका हुन् । यस विषयमा अनेक अड्कलबाजी भइरहेका वेला ओलीले देउवाकै सिफारिसमा तामाङलाई बर्खास्त गरेका थिए । कान्छाराम कुलमानको पक्षमा पनि खुलेरै बोल्ने गरेका थिए जुन कुरा देउवा,ओली र आरजु लाई मन परेको थियो । उनी कुलमानको पक्षमा धेरै बोलेपछि आरजुले त ओली सँग गएर माफी माग्न समेत आग्रह गरेकी थिइन । तर उनले भने आफुले भने माफी नमाग्ने बताउँदै आएका थिए । चैत २८ गते तामाङले आफू सहभागी कार्यक्रम बहिष्कार गरेको भन्दै मन्त्रालयका सचिव सुरेश आचार्यलाई स्पष्टीकरण सोधेका थिए । जबकि सचिवलाई स्पष्टीकरण सोध्ने अधिकार मुख्यसचिवसँग मात्रै हुन्छ ।
२०८१ साउन १८ गते ऊर्जा राज्यमन्त्री बनेका तामाङ मन्त्री दीपक खड्काले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पटक–पटक स्पष्टीकरण सोध्दा घिसिङलाई पूरा कार्यकाल कार्यकारी निर्देशक बनाउनुपर्ने पक्षमा उभिएका थिए । तामाङले आफूलाई पदबाट हटाएपछि सञ्चारकर्मीहरूसँग ‘मैले कुलमान घिसिङलाई हटाउन हुन्न भनेर भनिदिएको थिए । त्यही भएर हटाइएको होला,’ भन्ने प्रतिक्रिया दिएका थिए । गृहमन्त्री लेखकले राज्यमन्त्री तामाङलाई टेलिफोन गरेर प्रधानमन्त्रीले राजीनामा मागेकाले दिन भनेका थिए ।