Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपा खोटाङका सभापति र एमालेका दुई दर्जन बढी नेताहरु माओवादीमा प्रवेश

रास्वपा खोटाङका सभापति र एमालेका दुई दर्जन बढी नेताहरु माओवादीमा प्रवेश

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिकाका सभापति प्रदीप आचार्यसहित एमाले र रास्वपाका ३० जना नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रले खोटेहाङमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमको अवसरमा एमाले गाउँपालिका पार्टी सचिवालय सदस्य एवं एमालेबाट खोटेहाङ गाउँपालिका– ४ बडकादियाले मा निर्वाचित वडासदस्य किरण राईसमेत माओवादी केन्द्र प्रवेश गरेका छन् । राईसँगै एमाले गाउँपालिका पार्टी सचिवालय सदस्य प्रकाश कटुवालसमेत माओवादीमा प्रवेश गरेको माओवादी केन्द्रले जानकारी दिएको छ ।

पार्टी प्रवेश गरेका नेताहरूलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं खोटाङ पार्टी इन्चार्ज समिता कार्की ‘अस्मिता’, जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’, खोटेहाङ पार्टी इन्चार्ज एवं गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’, दिप्रुङ चुइचुम्मा पार्टी अध्यक्ष किसान राई, खोटेहाङ पार्टी अध्यक्ष दीपेन थुलुङ लगायतले अबिर लगाएर पार्टीमा स्वागत गरेका हुन । माओवादी केन्द्रमा प्रवेश गर्ने नेताहरूलाई उचित जिम्मेवारी दिएर पार्टीमा सक्रिय गराइने जिल्ला संयोजक आकाशले जानकारी दिएका छन ।

माओवादी केन्द्र खोटाङले जिल्लाका दशवटै स्थानीय तहमा पार्टी प्रवेश, समायोजन तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । जिल्लामा सञ्चालन गरिने पार्टी प्रवेश, समायोजन तथा प्रशिक्षण कार्यक्रमका लागि नेताहरूबिच कार्यविभाजनसमेत गरिएको माओवादी केन्द्रले जनाएको छ । पछिल्लो समयमा एमाले छाड्नेको लर्को नै लाग्ने गरेको छ । एमाले अध्यक्ष ओलीको कार्यशैली प्रति धेरैले असहमति जनाउँदै तल्लो तहका नेता तथा कार्यकर्ताहरुले पार्टी छाड्ने गरेका छन । एमालेभित्रको असन्तोषले निरन्तर विद्रोह निम्त्याइरहेको छ। पार्टी निर्णयले असन्तुष्ट बनेकाहरू धमाधम पार्टी छाडेको घोषणा गरिरहेका छन् ।

पार्टी बाट भमि रावललाई निकाले बाट धेरै नेता तथा कार्यकताहरुले असन्तुष्टि जनाईरहेका छन । सुदुरपश्चिमतिर भीम रावलको अभियानमा लाग्ने क्रमम बढेको छ भने अन्य ठाउँमा पनि भीमको पक्षमा नेता तथा कार्यकर्ताहरु देखिन थालेका छन । पार्टी भित्रै ओलीको बिरोध गर्न नपाएपछि एमाले छाड्ने बढेको पनि कतिपयको अनुमान रहेको छ । एमालेको अध्यक्ष बनेर मनमौजी गरेपछि उनी प्रति पार्टी मै असन्तुष्टि राख्ने क्रम समेत बढेको छ । उनी प्रति जसले पार्टीमा औला उठाउँछन,उसलाई ओलीले की निकाल्ने गरेका छन की त स्पष्टीकरण सोध्ने गरेका छन । उनी बिरुद्ध बोल्न डराएका धेरैले पार्टी छाड्ने क्रमम बढेको छ ।