Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जसपा नेपालकी की नेतृ बबीसिंह यादवले पेस्तोल पड्काउँदै नाचेपछि...

जसपा नेपालकी की नेतृ बबीसिंह यादवले पेस्तोल पड्काउँदै नाचेपछि...

काठमाडौँ । जसपा नेपालकी की केन्द्रीय सदस्य डा. बबीसिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

सार्वजनिक भिडियोमा केही महिला र पुरुष देखिन्छन र उनीहरु नाचिरहेका छन । यादवले पेस्तोल समातेकी हुन्छिन र उनलाई केही युवाले माथि तर्फ फर्काएर पेस्तोल पड्काउन आग्रह गर्छन र उनले फयरिङ गर्छिन । जुन भिडियोलाई लिएर यतिबेला सञ्जाल तातेको छ । उक्त भिडियो विभिन्न व्यक्ति तथा फेसबुक पेजमा भिडियो शेयर गदैँ अधिकांशले हतियारको वैधताबारे प्रश्न उठाएका छन् । भाइरल भइरहेको भिडियो हेर्दा एक पारिवारिकजस्तो लाग्ने जमघटमा डा. यादवले नाच्दै हवाई फायर गरेको देखिन्छ । भिडियो सार्वजनिक भएपछि धेरैले यसलाई शक्तिको दुरुपयोग भनेर प्रहरी प्रशासनमाथि समेत प्रश्न उठाइरहेका छन् ।

जसपा नेतृ डा. यादव राष्ट्रियसभा सदस्य एवम् पूर्वमन्त्री मृगेन्द्रसिंह यादवकी जेठी छोरी तथा सप्तरीको बोदेबरसाइन नगरपालिकाका मेयर आतेस सिंहको बहिनी हुन् । राजनीतिक परिवारकी भएकाले उनले शक्तिको धमास दिएको भन्दै सोसल मिडियामा आलोचना भइरहेको छ । यता यादवले डान्स गर्दै पड्काएको पेस्तोलबारे सप्तरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । उनले पड्काएको पेस्तोल असली हो कि नक्कली भन्ने विषयमा प्रहरीले अनुसन्धान गर्ने भएको छ ।