Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बालेन शाह र नेपालका लागि जापानका राजदूत मायदा टोरु बीच शिष्टाचार भेटवार्ता

बालेन शाह र नेपालका लागि जापानका राजदूत मायदा टोरु बीच शिष्टाचार भेटवार्ता

काठमाडौँ । बालेन शाह र नेपालका लागि जापानका राजदूत मायदा टोरु बीच शिष्टाचार भेटवार्ता भएको छ । उनीहरु बिचमा बुधवार बालेन शाहको कार्यकक्षमा भेटवार्ता भएको बताइएको छ । भेटमा काठमाडौं महानगरपालिकाको विकास र सहकार्यका विषयमा कुराकानी भएको बताइएको छ । भेटका क्रममा दुवै पक्षबीच काठमाडौं महानगरको भविष्यको विकास योजनाका विषयमा छलफल भएको थियो । साथै शहरी योजना, पूर्वाधार विकास र शहरी सुन्दरता वृद्धिबारे कुराकानी गरिएको थियो । जापानले काठमाडौंको दरबार स्क्वायरको वातावरणीय सुधार, सडक, ढुंगेधारा पुनर्संरचना, बहुउद्देश्यीय मार्शल आर्ट,सडक लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ ।

कुराकानीका क्रममा प्रमुख शाहले, काठमाडौँको सांस्कृतिक पहिचान अद्वितीय रहेको उल्लेख गरेका थिए । सांस्कृतिक मूर्त सम्पदा र मौलिक खानेकुरासँग सामाजिक तथा सांस्कृतिक जीवनको सम्बन्धका विषयमा जानकारी समेत दिएका थिए । राजदूत तोरुले, काठमाडौँ र जापानका सहरहरुका बिचमा सहरी आचरण सम्बन्धी आपसी ज्ञान र सिप आदानप्रदानको प्रशस्त सम्भावना रहेको बताएका हुन । पछिल्लो समयमा बालेन शाहले सिमित मान्छेहरु मात्रै भेटघाट गर्ने गरेका छन । चुनाव जितेपछि जनताको माझमा नगएपनि उनले महानगरमा निकै सुधारका कामहरु गरेका छन । उनको तारिफ बिश्व जगतमा समेत हुने गरेको छ । युवा जोश र जागरले भरिएका बालेन निकै उर्जावान युवा हुन । उनी महानगरको मेयर बनेपछि काठमाडौँले कोल्टे नै फेरेको छ ।