काठमाडौँ । पुर्वराजा ज्ञानेन्द्र शाहका नाती तथा पारस शाहका छोरा हृदयेन्द्र शाहले पहिलो पटक मुख खोलेका छन । पहिलोपटक हृदयन्द्रले आफूमाथि भइरहेका टीकाटिप्पणीहरुप्रति सार्वजनिक रुपमा प्रतिक्रिया जनाएका हुन । उनले इन्स्टाग्राममा एउटा पोस्ट गर्दै आफ्नो भनाइ राखेका छन । उक्त पोस्टमा उनले कसैलाई आरोप लगाएका छैनन भने सबैलाई आफ्नो विचार खुल्ला रूपमा व्यक्त गर्ने अधिकार रहेको र एक अर्काको विचारलाई सम्मान गर्नुपर्ने बताएका छन । कहिलेकाहीँ फिल्मको भूमिका निभाउनुभन्दा साँचो र वास्तविक हुनु गाह्रो काम भएको उनको भनाई छ । अभिनेत्री सुरक्षा पन्तले उनलाई फिल्म खेल्न सुझाव दिएपछि सुरु भएको विवाद अहिले सम्म पनि रोकिएको छैन । केही राजावादीहरुले सुरक्षा पन्तलाई निकै गाली गरे र गरिरहेका छन । उनले लेखेका छन ।
कहिलेकाहीँ फिल्मको भूमिका निभाउनुभन्दा साँचो र वास्तविक हुनु गाह्रो हुन्छ । हामी सबैलाई आफ्ना विचार खुलारुपमा व्यक्त गर्ने अधिकार छ । सबैले एक अर्काको विचारको सम्मान गर्नुपर्छ । दयालुपन फैलाऔँ । नेपालीहरूले एक–अर्कालाई सहयोग गर्नुपर्छ न कि तल झार्ने ।’ भनेर लेखेका छन । हृदयन्द्रको इन्स्टाग्राम पेजमा २८ हजार २ सय फलोअर्स छन् । उनले २२ जनालाई फलो गरेको देखिन्छ । सामाजिक सञ्जाल फेसबुक–ट्विटरमा भने हृदयन्द्रको आधिकारिक खाता छैन । हृदयन्द्रका दुई दिदी बहिनी पूर्णिका र कृतिका पनि इन्टाग्राममै बढी सक्रिय रहेका छन । राजनीतिभन्दा निकै टाढा रहेका हृदयन्द्र वीरविक्रम शाहलाई अहिले अनावश्यक ढंगले सार्वजनिक बहसमा तान्ने प्रयास भैरहेको छ । यता प्रधानमन्त्री ओलीले पनि हृदयन्द्रलाई चेतावनी दिएका छन । ओलीले अब उनलाई राजा बन्ने सपना नदेख्न आग्रह गरेका छन । अब राजा हुने सपना देखे भने सपनै सपनामा जिन्दगी जान्छ । त्यसैले यो गलत बाटो केही मान्छे कराएर सही बाटो हुने होइन उनको भनाई रहेको छ ।
२२ वर्षीय हृदयन्द्र अहिले पनि अध्ययनकै क्रममा छन् । उनी अमेरिकाको बोस्टनमा स्नातकोत्तर अध्ययन गरिरहेका छन् । स्नातक पनि उनले बोस्टनबाटै गरेका थिए । आफ्नो अध्ययनमै ‘फोकस्ड’ रहेका हृदयन्द्र सार्वजनिक कार्यक्रमहरूमा कमै देखिन्छन् । विगतमा हिमानी ट्रस्टले गरेका एकाध कार्यक्रममा उनी देखा परेका थिए । अन्यथा चुपचाप विदेशमा पढेर बसिरहेका छन् । शालिन र शान्त छविका हृदयन्द्र आजका दिनसम्म ‘लो प्रोफाइल’ को जीवन बाँच्दै आएका छन् । उनको शिष्टता र अनुशासनलाई लिएर धेरेले प्रशंसा गर्ने गरेका छन ।