Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रेशम चौधरीलाई जेल पुर्याउँने महिमानलाई कुन मुद्धा लगाउँने प्रहरी अलमलमा,हुनसक्छ ५ बर्ष जेल !

रेशम चौधरीलाई जेल पुर्याउँने महिमानलाई कुन मुद्धा लगाउँने प्रहरी अलमलमा,हुनसक्छ ५ बर्ष जेल !

काठमाडौँ । रेशम चौधरीलाई पक्राउ गर्न फेक पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट लाई कुन मुद्धा लगाउँने भन्ने मै प्रहरी अलमल बनेको छ । उनलाई कुन मुद्धा चलाउने भन्ने मै प्रहरी भित्र अन्योलता छाएको हो । उनी बुधवार देखि नै प्रहरीको हिरासतमा रहेका छन । नाउपाका संरक्षक रहेका रेशम चौधरीलाई पुन कारागार पठाउनु भनेर उनले प्रहरीलाई पत्र लेखेका थिए पछि उक्त पत्र फेक भएपनि उनी पक्राउ परेका हुन । पार्टी एकताको कार्यक्रम बाटै उनलाई सादा पोशाकका प्रहरीले पक्राउ गरेका थिए । उनलाई पक्राउ गरेर ५ घन्टा सम्म डिल्लीबजार कारागारमा राखिएको थियो ।

बुधबार हिज म्याद थप गर्ने समय नभएको र आज विहीबार मजदुर दिवसका अवसरमा सार्वजनिक बिदा दिइएका कारण उनको म्याद थप हुन नसकेको जिल्ला प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिएका छन । विष्ट प्रहरी हिरासतमा रहेको अवस्थामा उनीविरुद्ध सरकारी सहीछाप कीर्ते, सर्वोच्च अदालतको मानहानी, नक्कली आदेश तयार पारी पदको दुरुपयोग गरेकालगायत विभिन्न मुद्दा आकर्षित हुने अवस्था छ । सर्वोच्च अदालतको मानहानीमा पाँच वर्षसम्म कैद हुनसक्ने कानून व्यवसायी किशोर पौडेल बताएका छन । उनीविरुद्ध कुन शीर्षकको मुद्दा चल्ने भन्ने कुराको पनि टुंगो नलागेको बताइएको छ । उनलाई भोलि शुक्रबार कार्यालय समयको शुरूवातमै जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरिँदैछ ।

महिमानले गरेको कसूर सिंगो अदालत प्रणालीमाथिको गम्भीर लापरवाही भएका कारण आज नै सर्वोच्च अदालतमा फुलकोर्ट (पूर्ण इजलास) बस्ने भएको छ । फुलकोर्टले उनलाई सेवाबाट बर्खास्तीसँगै कैद सजायसम्मको आदेश गर्नसक्ने सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ । फुलकोर्टमा सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीश, मुख्य रजिष्ट्रार र रजिष्ट्रारको उपस्थिति हुने गर्छन । यद्यपि, आरोपित व्यक्तिमाथि छानबिन गर्ने,स्पष्टीकरण सोध्नेजस्ता प्रक्रिया पूरा गरेरमात्रै सजाय निर्धारण गरिनुपर्ने केही न्यायाधीशको राय रहेको छ । महिमान सिंह विष्ट सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका कर्मचारी हुन् । बुधबारकै मितिमा पत्र लेखेर उनी रेशमलाई पक्राउ गर्नुपर्ने भन्दै कारागार कार्यालय डिल्लीबजार पुगेका थिए । डिल्लीबजार कारागारका एक जना कर्मचारीका अनुसार उनले बिहान १० बजे नै पुगेर जेलरलाई भेटेर पत्र देखाएका थिए ।

त्यसपछि उनी प्रहरीकहाँ गएका हुन् । पत्रमा कारागार कार्यालय डिल्लीबजारलाई सम्बोधन गरिएको थियो । काठमाडौँका एसएसपी विश्व अधिकारीको आदेशपछि डीएसपी प्रह्लाद कार्की आफ्नो टिम लिएर कमलादीस्थित गणेशस्थामा रेशमलाई पक्राउ गर्न पुगेका थिए ।