Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शिक्षा मन्त्रालयमा नेपाल शिक्षक महासंघ र सरकारबीच वार्ता सुरु,वार्ता निर्णायक हुने

शिक्षा मन्त्रालयमा नेपाल शिक्षक महासंघ र सरकारबीच वार्ता सुरु,वार्ता निर्णायक हुने

काठमाडौँ । अहिले शिक्षा मन्त्रालयमा नेपाल शिक्षक महासंघ र सरकारबीच वार्ता सुरु भएको छ। आज भइरहेको वार्ता निर्णायक हुने दुवै पक्षले दाबी गरेका छन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तबीच र शिक्षक महासंघका पदाधिकारीबीच सोमबारदेखि निरन्तर वार्ता भइरहेको छ।

वार्तामा महासंघले सहमतिका लागि ९ बुँदे प्रस्ताव पेस गरेको छ। उक्त प्रस्तावमा आज निर्णय भए आन्दोलनको स्वरूप परिवर्तन गर्ने महासंघका पदाधिकारीको भनाइ छ। महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले ९ बुँदे प्रस्तावमा निर्णय भए आन्दोलनको मोडालिटी परिवर्तन गरेर कक्षा १२ को परीक्षामा सामेल हुने बताएकी छन्।

विद्यालय शिक्षा ऐन माग राख्दै चैत २० गतेदेखि शिक्षकहरू आन्दोलित छन्। शिक्षकहरू २९ दिनदेखि सडक आन्दोलनमा छन्। शिक्षकहरूको प्रदर्शनले विद्यालय भर्ना अभियान, कक्षा १२ को परीक्षा र एसईईका उत्तरपुस्तिका जाँच प्रभावित भएको छ।