Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रेशम चौधरी पक्राउको पत्र बोकेर प्रहरी र डिल्लीबजार कारागार आफै पुगेका थिए महिममाम सिंह विष्ट

रेशम चौधरी पक्राउको पत्र बोकेर प्रहरी र डिल्लीबजार कारागार आफै पुगेका थिए महिममाम सिंह विष्ट

काठमाडौँ । नाउपका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्ने अनधिकृत पत्र लेखेर सर्वोच्च अदालतका मुद्दा तथा रिट महाशाखाका महिममाम सिंह विष्ट आफै प्रहरी र डिल्ली बजार कारागार पुगेको खुल्न आएको छ ।

रेशमलाई पक्राउ गर्ने पत्र तयार गरेर बुधबार बिहान विष्ट आफै जिल्ला प्रहरी परिसर काठमाडौं र कारागार कार्यालयमा पुगेका हुन । सोही पत्रका आधारमा कमलादीबाट रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो। चौधरी नाउपा(जनमत पार्टी एकता घोषणा सभाका लागि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा पुगेका थिए।

प्रहरीले चौधरीलाई पक्राउ गरी जिल्ला प्रहरी परिसर हुँदै डिल्लीबजार कारागार बुझाएको थियो। तर चौधरी के आधारमा पक्राउ परे भन्नेबारे राजनीतिक वृत्त र सर्वोच्चभित्रै तरंग ल्याएको थियो। सर्वोच्चले पत्र लेख्ने विष्टमाथि केरकारसमेत गरेको थियो।

सर्वोच्चले आन्तरिक छानबिन गरी बुधबार अपराह्न विष्टलाई प्रहरीको जिम्मामा लगाएको छ। उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।