Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रेशम चौधरी पक्राउ परे पछि यति बेला सर्वोच्च अदालतमा नै बबन्डर,केही बेरमा छुट्दै

रेशम चौधरी पक्राउ परे पछि यति बेला सर्वोच्च अदालतमा नै बबन्डर,केही बेरमा छुट्दै

काठमाडौँ । रेशम चौधरी पक्राउ परे पछि यति बेला सर्वोच्च अदालतमा नै बबन्डर मच्चिएको छ । चौधरीलाई पक्राउ गर्न दिईएको पत्र नै गलत भएको खुलासा भएको छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी तत्कालै छुट्ने भएका छन् । नलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको पत्र प्रहरीमा पुगेको छ । यसअघि सर्वोच्चको मुद्दा शाखाबाट रेशमलाई पक्राउ गर्ने पत्र लिएर गएका शाखा अधिकृत महिमानसिंह विष्टलाई पक्राउ गरेर हिरासतमा राखिएको छ ।उनले आफूलाई हिंसामा मरेका मान्छेहरूको आत्माले पोलेकाले पत्र लेखेको बयान दिएका छन् । बिस्टकै नामबाट प्रेषित पत्रका आधारमा प्रहरीले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई पक्राउ गरी डिल्लीबजार कारागारमा चलान गरेको थियो ।यसअघि सर्वोच्च प्रशासनको बैठकमा विष्टसँग पत्र लेख्नुको आधार सोधिएको थियो । उनले आफ्नै विवेकले पत्र लेखेको बयान दिएका थिए ।

चौधरीलाई पार्टी एकता स्थलबाट पक्राउ गरी डिल्लीबजार कारागार बुझाइसकेको छ।स्रोतका अनुसार सर्वोच्चले रेशमलाई दिइएको आममाफी बदर गर्ने निर्णय लिएको छैन । तर, आज अचानक मुद्दा शाखाका अधिकृत महिमानसिंह विष्ट आफैँले हस्ताक्षर गरेको पत्र लिएर प्रहरी परिसर पुगेका थिए । कारागार स्रोतले पनि आजै पत्र प्राप्त भएको पुष्टि गरेको छ।सर्वोच्च अदालतका कुनै पनि न्यायाधीशले रेशम चौधरीलाई थुनामा पठाउने भन्ने फैसला गरेका छैनन्। तर सर्वोच्चको मुद्दा शाखाले योगराज ढकाल रिगल को मुद्दामा २०८० कात्तिकमा गरेको फैसलामा टेकेर सो पत्र पठाएको छ। टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जन्मकैद पाएका नाउपाका संरक्षक चौधरीले २०८० जेठ १५ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि छुटेका थिए ।

पत्रमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दाहरूमा पाशविक किसिमले ८ जना सुरक्षाकर्मी र १ नाबालकको हत्या गरेको जघन्यभन्दा पनि तल्लोस्तरको क्रुर अपराध गरेकाले चौधरीलाई २० वर्ष कैद ठहर भएकोमा पूर्णपाठ पनि नआई राष्ट्रपतिबाट आममाफी दिइनु अपराधको राजनीतीकरण भनेको दाबी गरिएको छ । यता नागरिक उन्मुक्ति पार्टी ९नाउपा० ले आजै सरकार छोड्ने भएको छ । ंरक्षक रेशम चौधरीलाई पक्राउ गरेको लगत्तै नाउपाले सरकार छाड्ने तयारी गरेको हो । संघीय सरकारमा नाउपाको तर्फबाट अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री छन् । उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताहरूले प्रज्ञा प्रतिष्ठानमा नाराबाजी गरेका छन् । आज हुने भनिएको दुई पार्टीबिचको एकता कार्यक्रम बिथोलिए पछि उनीहरूले नाराबाजी गरिरहेका हुन् । जनमत पार्टीले देशमा पहिचानवादी शक्तिहरू एक ठाउँमा नआउन भन्नका लागि नागरिक उन्मुक्ति पार्टी ९नाउपा० का संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको आरोप लगाएको छ ।