काठमाडौँ । राप्रपा सांसद एवम प्रवक्ता ज्ञानेन्द्र शाहीले बाबुरामा भट्टराई माथि गम्भीर आरोप लगाएका छन । शाहीले नेपालमा अब लुटतन्त्रको अन्त्य हुन लागेपछि लुटतन्त्रका मुख्य मालिक लाई भेट्न भट्टराई भारत गएको आरोप लगाएका हुन । उनले बाबुराम माथि राजा बिरेन्द्रको शान्ति सम्झौतामा धोका दिएको र पटक पटक राष्ट्रघात गरेको समेत जिकिर गरेका छन ।
नयाँशक्ति पार्टीका अध्यक्ष समेत रहेका बाबुराम शनिवार भारत तर्फ गएका थिए । ज्ञानेन्द्रले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन,नेपालमा गनाउने तन्त्र लुटतन्त्रको अन्त्य हुन लागेपछि आफ्ना लुटतन्त्रका मुख्य मालिक लाई भेट्न नेपालका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत जानुभएको छ । उहाँ त्यही व्यक्ति हो राजा वीरेन्द्रको शान्ति सम्झौतामा धोका दिने। पटकपटक देशलाई राष्ट्रघात गर्ने विदेशमा लुकेर राजनीतिक रूपमा भड्काउँदै १७ हजार नेपालीको हत्या गर्ने, २०३१ सालमा राजा बिरेन्द्रले बिश्वसामु नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस भनेर प्रस्ताव राखे । बिश्वको १३० वटा देशले उक्त प्रस्तावलाई स्वीकार गरे तर भारत र रुसले उक्त प्रस्ताव स्वीकार गरेन ! नेपाल कै छिमेकी देश भारतले अस्विकार गरेको उक्त प्रस्ताव के कारणले अस्विकार गरेको हो भनेर संयुक्त राष्ट्रसँघले कारण माग्यो, कारण दिनको लागि भारतले तत्कालीन समयमा जेएनयु पढिरहेका बाबुराम भट्टराईलाई अघि सारेर यो प्रस्ताव विरुद्ध राजाको अगाडी कालो झण्डा देखाउन लगायो ! बाबुराम भट्टराई केही नेपाली विद्यार्थीहरुलाई लिएर भारत भ्रमणमा रहेका राजा विरुद्ध कालो झण्डा देखाउन आए, बाबुरामले कालो झण्डा देखाएपछि पन्चायतले गरेको जुनै कुरा पनि गलत हो भन्ने मनासाय बोकेका कांग्रेस र कम्युनिस्टले पनि नेपालमा बिरोध गर्न थाले । अन्तिममा भारतले यी नेपालीले नै बिरोध गरिरहेका छन् हामीले कसरी समर्थन गर्ने भन्दै उक्त प्रस्ताव सधैको लागि समाप्त पार्न सफल भयो । त्यो बेला राजाको उक्त प्रस्ताव संयुक्त राष्ट्रसंघबाट पारित भएको हुन्थ्यो भने बिश्वको धनाढ्य ब्यक्तिहरुको लगानी गर्ने भुमी बन्थ्यो नेपाल..भन्दै लेखेका छन । शनिवार बाट भारत भ्रमणमा रहेका उनले भारतीय नेतासँग भेट गरेका छन ।
उनले डा. मुरलीमनोहर जोशी,रक्षामन्त्री राजनाथ सिंहलगायत झण्डै एक दर्जनसँग भेटघाट गरेका छन । भट्टराईको सचिवालयका अनुसार जोशी र सिंहसँगै नेपालका लागि भारतका पूर्व राजदूतहरु श्याम शरण, राकेश सूद, रञ्जित रे, मञ्जिव सिंह पुरी पनि भेट गरिएको छ । त्यस्तै, परराष्ट्र विज्ञहरु काँग्रेसका वरिष्ठ नेता,सांसद तथा पूर्वमन्त्री जयराम रमेशसँग भेटघाट गरेका छन ।