Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राजेन्द्र लिङ्देनले रक्सी चोर्ने नेताका छोरा भनेका व्यक्ति चुरोट चोर्नेपरेपछि...

राजेन्द्र लिङ्देनले रक्सी चोर्ने नेताका छोरा भनेका व्यक्ति चुरोट चोर्नेपरेपछि...

काठमाडौँ । राजेन्द्र लिङ्देनले केही दिन अघिको प्रतिनिधि सभाको बैठकमा काग्रेसका एकजना सहमहामन्त्रीका छोराले भाटभटेनी बाट रक्सी चोरेको भनेपनि नेताका छोरा संलग्न नरहेको प्रहरीले जनाएको छ । लिङ्देनले नेताका छोराले रक्सी चोरेको आरोप लगाएपछि प्रहरीले पुन उक्त घटनामा अनुसन्धान गरेको छ । अनुसन्धान गर्दा र प्रहरीले संकलन गरेको थप प्रमाण र सीसीटीभी फुटेजलाई हेर्दा नेताका छोरा खोज्दा दिनेश महतोलाई प्रहरीले पुन पक्राउ गरेको हो । सुरुमा पक्राउ परे पनि मुख्य घटनामा संलग्नता पुष्टि नभएपछि उनी हाजिर जमानीमा रिहा भएका थिए । तर उनी कुनै नेताका छोरा नभएको र सामान्य नागरिक भएको बताइएको छ ।

२० वर्षीय महतो सिराहको लहान नगरपालिका–४ घर भएर अहिले काठमाडौं–३२ स्थित कोटेश्वरमा बस्ने गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले संकलन गरेको थप प्रमाण र सीसीटीभी फुटेज केलाउँदा उनले भाटभटेनीबाट एक बोतल मदिरा र ५ बट्टा चुरोट चोरेर भागेको पुष्टि भएको छ । प्रहरीका अनुसार कोटेश्वर क्षेत्रको एउटा होटलमा उनले उधारो मदिरा खाएका रहेछन् । भाटभटेनीबाट चोरेको रक्सी त्यहाँ दिएको र चुरोटचाहिँ आफूले प्रयोग गरेको उनले अनुसन्धान अधिकृतहरूलाई बताएका छन् । उनलाई सोमबार आपराधिक उपद्रवसम्बन्धी कसुरमा अदालतबाट १० दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले चैत १५ मा भाटभटेनी लुटपाटमा कांग्रेसकै नेताका छोरा संलग्न रहेको र त्यसको प्रमाण आफूसँग भएको दाबी गरेका थिए ।

उनले बैशाख १२ गतेको प्रतिनिधि सभाको बैठकमा बोल्दै लिङ्देनले कांग्रेस सहमहामन्त्रीको छोराले भाटभटेनीबाट रक्सी चोरेको, प्रहरीले उसलाई पक्राउ पनि गरेको, तर पछि नेताको छोरा भनेर पहिचान भएपछि छाडिएको बताएका थिए । गत चैत १५ गते भएको राजावादी आन्दोलनमा केही व्यक्तिहरुले भाटभटेनी देखी अन्य घरहरुमा तोडफोड गरेका थिए । राजा ल्याउन भन्दै दुर्गा प्रसाईले कमान्डर गरेको उक्त दिनको आन्दोलन हिंसामा रुपान्तरण भएको थियो । जसले गर्दा ठुलो मात्रामा धनजनको क्षति भएको थियो । उक्त दिनको तोड्फोड पछि नेपाल प्रहरीले केही व्यक्तिहरुलाई पक्राउ गरेर मुद्धा समेत चलाई रहेको छ । दुर्गा प्रसाई र रविन्द्र मिश्रलाई उक्त घटनाको हाईप्रोफाइलका रुपमा लिइएको छ । उनीहरु २ जना नै प्रहरीको हिरासतमा रहेका छन । उनीहरु बिरुद्ध राज्य बिरुद्ध लगायतका बिभिन्न्न कसुरमा अनुसन्धान जारी छ ।