Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछाने माथि ओलीले प्रतिशोध साँधेको कुरा स्विकारे !

रवि लामिछाने माथि ओलीले प्रतिशोध साँधेको कुरा स्विकारे !

काठमाडौँ । रास्वपा का सांसद मनिष झाले रवि लामिछाने माथि राजनीतिक प्रतिशोध साँधिएको कुरा प्रधानमन्त्री के पी शर्मा ओलीले नै स्वीकार गरेको दाबी गरेका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद झाले केहि दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ दलबाट आएकालाई एक झापु लगाएर ठिक पारेर हिरासतमा पठाएको भन्दै प्रतिशोध स्वीकार गरेको बताएका हुन् ।

साथै उनले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई लक्षित गर्दै रवि लामिछानेमाथि भएको प्रतिशोध प्रधानमन्त्रीले नै स्वीकार गरिसकेकोले वादविवाद गर्न नआउन समेत आग्रह गरेका छन । उनले भनेका थिए,‘वैशाख १४ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्रीज्यूले नयाँ दलबाट आएका केहीलाई ठिक पार्नु थियो। एक झापु लगाएर ठिक पारेर हिरासतमा पु¥याएँ। उहाँप्रति आभार छ, स्वीकार्नुभयो राजनीतिक प्रतिशोध नै रहेछ। अब आइन्दा यो विषयमा मन्त्री र महामन्त्रीहरू वादविवाद गर्न नआउनुहोला । किनकि प्रधानमन्त्रीले स्वीकारिसक्नुभयो । भन्दै भनेका थिए । पछिल्लो समयमा सहकारी प्रकरणमा मुछिएका रवि माथि र रास्वपा माथि पुराना पार्टीका नेताहरुले प्रतिशोध साँध्दै आएका छन ।

केही दिन अघि मात्रै काग्रेस नेता कान्छाराम तामाङले रवि लामिछानेको बिषयमा नयाँ खुलासा गरेका थिए । उनले एमाले अध्यक्ष के पी ओलीले न्ययाधिसलाई फोन गरेर सिधै जेल हाल्न लगाएको बताएका थिए । लालीगुँरास मिडिया सँगको अन्तरवार्तामा बोल्दै उनले उपप्रधान तथा गृहमन्त्री भएको मान्छेलाई यसरी हतार हतार अनुसन्धान गरेर जेल पठाउनु पर्ने कारण नभएको पनि जिकिर गरेका थिए ।