Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि माथि साँधिएको प्रतिशोध जस्तै मिश्रलाई राज्यविरुद्धको अपराधको आरोप लाएको भन्दै स्वर्णिम वाग्ले आक्रोसित

रवि माथि साँधिएको प्रतिशोध जस्तै मिश्रलाई राज्यविरुद्धको अपराधको आरोप लाएको भन्दै स्वर्णिम वाग्ले आक्रोसित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले राप्रपा नेता रविन्द्र मिश्रमाथि लगाइएको राज्यविरुद्धको अपराध आफ्नो पार्टीका सभापति रवि लामिछानेलाई साँधेको राजनीतिक प्रतिशोध जस्तै भएको बताएका छन् । उनले सामाजीक सञ्जालमा एक स्ट्याटस लेख्दै रवि लामिछाने माथी साँधिएको राजनितीक प्रतिशोत्र मिश्र माथी पनि साँधिएको बताएका हुन् । उनले सरकारसँग विवेक देखाई रविन्द्र मिश्रलाई तुरुन्तै रिहा गरोस् भन्ने माग समेत गरेका छन् । उनले सामाजीक सञ्जालमा लेखेका छन् । रविन्द्र मिश्रः बुश हाउसदेखि भद्रकाली हिरासतसम्म।‘

हिजो लण्डनमा हिँड्दै गर्दा बिबिसी विश्व सेवाको तत्कालीन मुख्यालय बुश हाउस पुगेँ जहाँ रवीन्द्र मिश्रसँग ३० वर्षअघि मेरो पहिलो भेट भएको थियो। पारी, म पढ्दै गरेको ’लण्डन स्कुल अफ इकनमिक्स’ थियो। प्रधान वैचारिक मूल्य र मान्यता फरक रहेकोले राजनीतिमा सँगै काम गर्न सकेनौँ, तर हाम्रो सम्बन्ध दाजुभाइको जस्तै स्नेहपूर्ण छ। पूर्वसचिव कृष्ण ज्ञवालीले भन्नुभएझैँः “महत्त्वाकांक्षा, आग्रह, अधैर्य, अस्थिरता र अपरिपक्वता उहाँका आलोच्य पक्ष हुन् भने देशभक्ति, आर्थिक इमानदारी, परोपकारिता, अध्ययनशीलता र मिलनसारिता उहाँका प्रशंस्य गुण हुन्।“ नेता रविन्द्र मिश्रमाथि राज्यविरुद्धको अपराधजस्तो अनपेक्षित र अवान्छित अभियोग सभापति रवि लामिछानेमाथि साँधिएको राजनीतिक प्रतिशोध जस्तै हो। सरकारले विवेक देखाई तुरुन्तै रिहा गरोस् भन्ने माग गर्दछु। एनले भनेका छन् ।

पहिलो भेटको स्मरण गर्दै वैचारिक मूल्य र मान्यता फरक रहेकोले राजनीतिमा सँगै काम गर्न नसकेपछि आफूहरुको सम्बन्ध दाजुभाइको जस्तै भएको बताएका हुन् । मिश्र चैत १५ देखी हिरासतमा छन् । हिरासतमा उनीसँगै रहेका राप्रपाका महामन्त्री धवलशमशेर जबरा हाजिर जमानीमा छुटिसकेका छन् । मिश्रलाई अनुसन्धान अधिकृतहरुले प्रदर्शनकारीलाई उत्तेजित बनाएर निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड गरेको र मानिसको मृत्यु हुने अवस्था सिर्जना गरेकोबारे प्रश्न गरेका छन् । मिश्र सहित २५ जना राज्य विरुद्धको कसुर गरेको आरोपमा थुनामा छन् । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागी संयुक्त जनआन्दोलन समिति’ले आयोजना गरेको प्रदर्शनमा मिश्र सहभागी थिए । जिल्ला अदालत काठमाडौंले उनलाई थप एक हप्ता थुनामा राख्न अनुमति दिएको छ । गत चैत १० गते अदालतले ३ दिन मात्रै म्याद थपेको थियो ।

अहिले उनको रिहाईको माग गर्दै राप्रपा आक्रामक हु।दै आएको छ । संगैका सहयात्री राणा छुटेपछि मिश्र आफु पनि बाहिर निश्कन पाउने आशामा छन् ।