Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ओलीको प्रतिशोध रवि लामिछाने,दुर्गा प्रसाई र रविन्द्र मिश्र माथि

ओलीको प्रतिशोध रवि लामिछाने,दुर्गा प्रसाई र रविन्द्र मिश्र माथि

काठमाडौँ । प्रधानमन्त्री ओलीले रवि लामिछाने,दुर्गा प्रसाई र रविन्द्र मिश्र लाई थुनेर कानुन भन्दा माथि कोही पनि नभएको बताउँदै आएका छन । ओलीले कानुन भन्दा पनि उनीहरु माथि प्रतिशोध बढी साँधेका देखिन्छ । सहकारी प्रकरणमा सरकारले रवि लामिछानेलाई डाम्दा दुर्गा र रविन्द्र लाई भने गत चैत १५ गते भएको राजावादीको आन्दोलनका मुख्य मानेको छ । एमाले नेता सुर्य थापा नेतृत्वको सहकारी छानविन आयोगले रवि लामिछानेलाई दोषी देखाई कारवाही गर्न सिफारिस गरेको थियो ।

उनी सहकारी प्रकरणमा पक्राउ परेपछि सरकारकै दबाब र निर्देशनमा अनुसन्धान गरिएको बिषय छरप्रस्टै रहेको छ । ओली सत्तामा पुगेपछि सहकारीको बिषय थप पेचिलो त बनेको छ । ओलीले सहकारीमा रवि लाई नै मुख्य अपराधी ठान्दा अन्य ठगहरु भने महिनौँ बाट फरार सुचीमा रहेका छन । कसैलाई सरकारले नै जोगाइरहेको छ भने कोहीलाई उन्मुक्ति दिइएको छ । सहकारीले देश थप डामाडोल हुँदा रवि लाई थुनेर सरकारलाई हाईसन्चो भएको छ । बचतकर्ताको अबौँ रकम फिर्ता गर्नुपर्नेमा सरकारले कुनै चासो नै दिएको छैन । सरकार केबल रवि लाई कसरी थुन्ने र दुख दिनेमा लागि परेको देखिन्छ ।

रवि अहिले सहकारी प्रकरणकै आरोपमा भैरहवा कारागारमा रहेका छन । यता गत चैत १५ गते भएको राजावादीको आन्दोलनमा पक्राउ परेका रविन्द्र मिश्र र दुर्गा प्रसाई माथि पनि सरकारले प्रतिशोध साँधेको छ । उनीहरु बिरुद्ध विभिन्न कसुरमा अनुसन्धान भैरहेको छ भने सरकार उनीहरुलाई यसै नछाड्ने अडान लिएको छ । राजावादीको मुख्य कमान्डर बनेका दुर्गा हिंसा भड्काएर भारत पसेका थिए,उनलाई पक्राउ गरेर सरकारले नेपाल ल्याइसकेको छ भने अहिले बिभिन्न कसुरमा अनुसन्धान जारी देखिन्छ । रविन्द्र मिश्र सँगै पक्राउ परेका अर्का राजावादी नेता धवलशमशेर भने छुटी सकेका छन् उनी क्यान्सरको बिरामी भएकाले उपचारको लागि छाडिएको बताइएको छ ।

तर उनी भने आज काठमाडौँमा भएको राजावादीहरुको प्रर्दशनमा देखिएका छन । केही दिन अघिसम्म रविन्द्र मिश्र र उनलाई एउटै कोठमा राखिएको थियो उनी छुट्दा रविन्द्र भने हिरासतमै रहेका छन । यसमा पनि सरकारले प्रतिशोध साँधेको देखिन्छ । काग्रेसको समर्थनमा २ तिहाइ सरकारका प्रधानमन्त्री बनेका ओलीले नै प्रतिशोधका आधारमा व्यक्ति पक्राउ गदैँ आएको पनि आरोप लाग्दै आएको छ जसका कारण पनि उनको आलोचना हुने गरेको छ ।