Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ओली सरकार आन्दोलन र कर्मचारी नियुक्ति प्रकृयामा रोमलियो

ओली सरकार आन्दोलन र कर्मचारी नियुक्ति प्रकृयामा रोमलियो

काठमाडौैँ । आफुले नेतृत्व गरेको सरकार ढल्छ की भन्ने पीरले देउवा बंैकक जाँदा पनि डराएका ओली अहिले ढुक्क देखिएका छन । आन्दोलन आन्दोलकै बिचमा बैकक उडेपछि सशंकित बनेका ओली अहिले देउवा स्वदेश फर्किएपछि भने ढुक्क देखिएका हुन । देउवा र प्रधानमन्त्री ओलीबीच शनिबार साँझ बालुवाटारमा भेटवार्ता भएको छ । उक्त भेटवार्तापछि प्रधानमन्त्री ओली सरकार नढल्नेमा ढुक्क देखिन्छन् । पछिल्लो समयमा गर्भनर नियुक्ति,शिक्षक आन्दोलन लगायतका बिषयलाई लिएर काग्रेसका केही नेताहरुले चर्को असन्त्ुष्टि सरकार माथि पोखिरहेका छन ।

गर्भनर नियुक्तिको बिषयमा ओलीले देउवा माथि नयाँ रण्निती अपनाउँदा अहिले सम्म अन्योलता नै रहेको छ । देउवाले गुणकर भट्टलाई गर्भनर बनाउन सिफारिस गरेका थिए भने ओलीले नीलम ढुङ्गानालाई बनाउन चाहिरहेका छन तर उनी बिचमा कुरा नमिल्दा नियुक्ति प्रकृया अघि बढ्न नसकेको हो । गुणाकरलाई नियुक्तिका लागि कानुनी मार्गप्रशस्त गर्नकै लागि अर्थमन्त्री विष्णु पौडेलले कामु गभर्नर नीलम ढुंगानालाई गुणाकरको राजीनामा स्वीकृत गर्न निर्देशन दिएका छन् । विष्णु पौडेल नै गभर्नर सिफारिस समितिका संयोजक हुन्छन् । मन्त्रिपरिषद्ले यो समिति पुनः गठन गर्नुअघि गुणाकरको राजीनामा स्वीकृत हुनुपर्नेछ । अन्यथा भोलि उनको योग्यतामा प्रश्न उठ्न सक्नेछ । पछिल्लो समयमा प्रचण्डले पनि बेला बेलामा सरकारको आयु तोक्ने गरेका छन । प्रतिपक्षले सरकारको आलोचना गर्नुलाई सामान्य रूपमा लिन सकिन्छ । तर, सत्तापक्षकै सांसदहरूले खुला रूपमा सरकारको आलोचना गर्न थालेका छन् । अनि विभिन्न माग राख्दै भएका आन्दोलनहरूले सरकार घेरिएको छ । सरकारले काममा गति लिन नसकेको भन्दै सत्तापक्षले समेत आलोचना गरिरहँदा प्रधानमन्त्री भने आफ्नो सरकारले काम गरेको दाबी गर्दै आएका छन् । तर, पछिल्लो समय सरकारको आलोचना बढ्दै गएको देखिएको छ ।

बजेट ल्याउनुभन्दा पहिला नै सरकारले तत्काल गर्नुपर्ने कामहरू पनि छन् । शिक्षकहरू आन्दोलनरत छन् । आवासीय चिकित्सकहरू पनि आन्दोलनमा आएका छन् । सरकारले यी समस्याको पनि समाधान खोज्नुपर्ने छ । केही महिना अघि राजावादीहरुको घेरामा परेको ओली सरकार अहिले बिभिन्न आन्दोलनको घेरामा परेको छ ।

२६ दिनदेखि विभिन्न माग राखेर देशभरका सरकारी शिक्षक काठमाडौंमा आन्दोलनरत छन् । विभिन्न माग राखेर काठमाडौंमा आन्दोलन गरिरहेका शिक्षकहरूलाई कार्यक्षेत्रमा फर्काउनुपर्ने दबाब सरकारमाथि छ । आन्दोलन लम्बिँदा शैक्षिक गतिविधि ठप्प भएका छन ।