Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अहिले पनि देशका केही ठाउँमा वर्षा जारी,दिउँसो पनि पानी पर्न सक्ने

अहिले पनि देशका केही ठाउँमा वर्षा जारी,दिउँसो पनि पानी पर्न सक्ने

काठमाडौँ । आज रातिबाट नै पूर्वी भेगका केही ठाउँमा पानी परिरहेको छ । आज देशका धेरै ठाउँमा दिनभरजसो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

सोमबार महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही ठाउँहरुमा, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भेगका थोरै ठाउँहरु तथा बाँकी भूभागका एक–दुई ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ । आज देखि पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाकोसमेत प्रभावका कारण हिजोदेखि प्रिमनसुन फेरि सक्रिय भएको हो । यसको प्रभाव भोलिसम्म रहने र पानी पर्ने मौसमविदले जानकारी दिएका छन ।