Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ओली सहभागी भएको कार्यक्रमलाई लुम्बिनीका मन्त्री र सांसदले बहिष्कार गरेर हिडेपछि...

ओली सहभागी भएको कार्यक्रमलाई लुम्बिनीका मन्त्री र सांसदले बहिष्कार गरेर हिडेपछि...

काठमाडौँ । लुम्बिनीमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको कार्यक्रम प्रदेशका मन्त्री र सांसदहरूले बहिष्कार गरेका छन् । लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिवल र सेमिनारको उद्घाटन कार्यक्रम बहिष्कार गरेका हुन् । कार्यक्रमको उद्घाटनमा प्रधानमन्त्री ओली पनि सहभागी भएका थिए । कार्यक्रममा आफूहरुलाई बस्ने व्यवस्थासमेत नगरी अपमानजनक व्यवहार भएकाले भन्दै मन्त्रीभूश्विर ढकाल र आफूले कार्यक्रम बहिष्कार गरेको सांसद चन्द्रकेश गुप्ताले बताएका छन । कार्यक्रम बहिष्कार गरेका गुप्ता लुम्बिनीकै स्थानीय बासिन्दा हुन । वैशाख १३ र १४ गते हुने यो कार्यक्रम नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि आयोजना गरिएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका थिए । नेपाल र चीनबीचको कला र संस्कृति प्रवद्र्धनको उद्देश्यसहित महोत्सव हुन लागेको हो । चीनको वल्र्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेन्टिङ एकेडेमीले सहकार्य गरेका छन् ।

यता पछिल्लो समयमा प्रधानमन्त्री ओलीको कार्यशैलीलाई लिएर अधिकांश जनता सरकाप्रति आक्रोशित हुदै आएका छन । देशभित्रका समस्या हटेका छैनन्, प्रधानमन्त्री भने विदेश र भाषणमै अल्झिएको देखिएको भन्दै उनको चौतर्फी आलोचना पनि भइरहेको छ । प्रधानमन्त्रीको गतिविधि हेर्दा लाग्छ, उनी जनताभन्दा बढी अन्तर्राष्ट्रिय एवम स्वदेशी मञ्चमा सम्बोधन गरेर विताएको देखिएको भन्दै पनि चर्चा हुने गर्छ । काठमाडौं केन्द्रीत देशभरका शिक्षक, सहकारी पीडित, मेडिकल कलेजका विद्यार्थीलगायतको सडक संघर्षलाई ओलीले आफ्नो प्राथमिकतामा राखेका छैनन् । देशभित्रको असन्तोष, आन्दोलन र संसद अवरोधका कारण सर्वसाधारणमा परेको मर्काका विषयमा ओली मौनजस्तो देखिन्छन् । सामाजिक सञ्जाल देखी सडकभरि उनकै बिरोध भईरहेको छ। उनले आफना पार्टीका नेता कार्यकर्तालाई पनि धमाधम आफु बिरुद्ध केही बोलेका र स्टाटस लेखेकै भरमा कारबाही गर्न थालेपछि एमाले परित्याग गर्नेको पनि लहर लागेको छ। बोलीले मात्र आश्वसान दिने र ब्यवहारमा भने बोलेका कुरा पूरा गर्ने तर्फ नलागेको भन्दै उनको कार्यशैलीमा पछिल्ला दिनहरुमा जनस्तरबाट नै प्रश्नैप्रश्न र आरोप आउन थालेको हो ।

यता आजकै कुरा गर्ने हो भने जम्मु कश्मिरको पहलगाममा एक नेपालीसहित २८ जनाको हत्या भएको आतंकी हमलामा नेपालको मुस्लिम आयोगले केही नबोलेको भन्दै स्वतन्त्र युवाको नाममा एक समूहले २४ घण्टाको अल्टिमेटम दियो । उनीहरुले पहलगाम घटनाको निन्दा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको हात रहेको आरोप लगाएर ओलीविरुद्ध नाराबाजी गरेका थिए । पाकिस्तानी दूतावास अगाडिको प्रदर्शनमा आतंकी हमलालाई लिएर प्रधानमन्त्रीविरुद्ध नाराबाजी हुन थालेपछि स्वतन्त्र युवा समूहका प्रदर्शनकारी भने त्यहाँबाट तितरवितर भएका थिए । यसैबीच नेविसंघले समेत पाकिस्तानी दूतावास बाहिर प्रदर्शन गर्ने भने पनि अन्तिममा रद्द भएको जानकारी दिइयो ।