काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रवार संसदनमा दिएको अभिव्यक्ति विवादमा परेको छ । उनको यस्तो अभिव्यक्ति पछि काग्रेसका हलचल नै ल्याइदिएको छ । उनले हिज मात्रै भाटभटेनीमा रक्सी चोर्ने काग्रेसका सहमहामन्त्रीका छोरालाई गृहमन्त्रीले जोगाएको आरोप लगाएका थिए । यस्तो अभिव्यक्ति सार्वजनिक भए लग्गतै उनको यस्तो अभिव्यक्तिको काग्रेसको नेताहरुले आलोचना गरिरहेका छन । धनुषाको लक्ष्मीनियाँमा नेपाली कांग्रेसले राजेन्द्र लिङ्देनको पुत्ला जलाउँदै उनलाई कडा कारबाहीको माग गरेको छ ।
नेपाली कांग्रेसका मधेस प्रदेशका सांसद कुमरकान्त झाको नेतृत्वमा लक्ष्मीनियाँमा जनकपुर–ढल्केबर सडक अवरुद्ध पार्दै लिङ्देनको पुत्ला जलाइएको हो । सांसद झाले संसदमा झुठा अभिव्यक्ति दिएर भ्रम फैलाउने लिङ्देनलाई कडा कारबाही गर्न सरकारसंग माग गरेका छन । राजावादीको तीनकुने प्रदर्शनको क्रममा प्रदर्शनकारीले भाटभटेनी लुटपाट गरेको थियो । उक्त घटनामा कांग्रेस सह–महामन्त्री महेन्द्र यादवको छोरा संलग्न रहेको अभिव्यक्ति लिङ्देनले दिएका थिए । उनको संलग्नता रहेको आरोप लगाएपछि धनुषा कांग्रेस आन्दोलित बनेको छ ।
झुठा अभिव्यक्ति दिएर राप्रपा अध्यक्ष लिङ्देनले सह–महामन्त्री यादवको चरित्र हत्या गरेकाले उनलाई कानूनी दायरामा नल्याए आफूहरु चुप लागेर नबस्ने कांग्रेस नेताहरुले चेतावनी दिएका छन् । गत चैत १५ गते भएको राजावादीको आन्दोलनमा भाटभटेनीवाट वियर, स्याउ, सुन्तला, आलु, प्याज, चामल लगायतका सामग्रीहरु आन्दोलनकारीहरुले लुटपाट गरेका थिए,लुटपाट गर्ने क्रममा यादबका छोरालाई पनि समातिएको थियो ।