काठमाडौँ । प्रधानमन्त्री ओलीले बर्खास्त गरेपछि आक्रोशित बनेका कान्छाराम तामाङले आफना पार्टी सभापति शेर बहादुर देउवा सँग फोनमा कुराकानी भएको खुलासा गरेका छन । उनले पछिल्लो समयमा ओली सरकार ढाल्न लागि परेको बताउँदै आएका छन । शुक्रबार उनले आफु सरकार ढाल्ने प्रयासमा लागेको बताएका थिए ।
साथै, उनले थाइल्याण्डको बैंककबाट फर्किएका पार्टी सभापति शेरबहादुर देउवासँग कुराकानी भएको पनि उनले बताएका थिए । सभापति देउवासँग संसद् बैठकमा सहभागी हुन आउने क्रममा १२ः ५६ बजे फोनमा कुराकानी भएको नेता तामाङले बताएका थिए ।
नेता तामाङले प्रधानमन्त्री ओली जनजातिविरोधी रहेको जिकिर गरेका छन । गत महिना नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरेको, वैशाखमा आफूलाई बखास्त गरिएको र अब जेठको लागि ओलीले कुनै अर्को जनजातिलाई बर्खास्त गर्न ठीक्क पारेर राखेको समेत उनले आरोप लगाएका छन । नेपालको राजनीतिमा केही दिन यता विभिन्न आशङ्का देखापर्दै आएका छन् । एमाले–कांग्रेस गठबन्धन धरापमा पर्ने हो कि, नयाँ गठबन्धनसँगै सरकार परिवर्तन हुने हो कि भन्ने खालका आशङ्कालाई बल पुग्ने गरी विभिन्न परिस्थिति र घटनाक्रमलाई जोडेर व्याख्या हुँदै आएको छ ।