काठमाडौँ । आज नेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ । बैठक आज दिउँसो २ बजे बस्ने गरी बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन ।
बैठकमा संसद्को बजेट अधिवेशनबारे छलफल हुने बर्तौलाको भनाइ छ । बजेट अधिवेशन हिजोबाट सुरु भएको छ ।
अधिवेशनलाई कसरी सफल बनाउने र शिक्षकको मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।