काठमाडौँ । ओलीले बर्खास्त गरेका उर्जाराज्य मन्त्री पूर्णबहादुर तामाङ कान्छाराम लाई शेर बहादुर देउवा र आरजु राणाले नै २ हप्ता अगाडी बर्खास्त गर्न लगाएको खुलेको छ । उर्जा मन्त्री दिपक खड्का सँग उनको लामो समय देखी खटपट पदैँ आएको थियो,खड्काले आरजु र देउवालाई की आफुलाई हटाउन की त कान्छाराम लाई हटाउन आग्रह गरेपछि त्यसै अनुसार देउवाले कान्छारामलाई हटाउन ओलीलाई प्रस्ताव गरेको बुझिएको छ ।
पछिल्लो समयमा उर्जामन्त्री दिपक खड्का सँग कान्छारामको कुलमानको बिषयलाई लिएर भनाभन समेत हुने गरेको थियो । खड्का कुलमानलाई हटाउन चाहन्थे भने कान्छाराम कुलमानको पक्षमा रहेका थिए । कान्छारामको कार्यशैली प्रति दिपक खड्का मात्रै हैन आरजु पनि खुसी नभएको बताइएको छ । केही समय अघि समेत देउवाले उनलाई कुलमानलाई हटाइहाल्यौँ अब चुप लागेर बस्न समेत आग्रह गरेको बताइएको छ । त्यस्तै परराष्ट्रमन्त्री आरजु राणाले संसद् भवनभित्रै तामाङ बसेको सिटनजिकै गएर प्रधानमन्त्री रिसाएको र कुलमानको विषयमा एकपटक गएर माफी माग्न आग्रह गरेको उनले बताएका छन । तर आफूले इन्कार गरेपिछ हटाउने संकेत गरेको कान्छारामले बताएका छन् । अस्ति मात्रै यूएइका उपप्रधानमन्त्रीसँग सिंहदरवारमा भेटवार्ता पश्चात गृहमन्त्री लेखकले प्रधानमन्त्रीलाई भेटेर देउवाले दुई हप्ता अगाडि गरेको सिफारिस लेखकले प्रधानमन्त्रीलाई सम्झाएको बताइएको छ । देउवाले प्रधानमन्त्रीसित कांग्रेसका मन्त्रीहरुको संयोजन गर्ने जिम्मा लेखकलाई दिएर हिँडेका छन् ।
गृहमन्त्रीले ‘बैंककबाट सभापतिज्यूले त्यो कुरा सोध्दै हुनुहुन्थ्यो’ भनेपछि प्रधानमन्त्रीले ‘ए मैले बिर्सिएछु’ भनेका थिए । उनले ‘हटाउनु अगाडि एकपटक कुरा गर्नु पर्ला नि त’ भनेर लेखकलाई बताएको र लेखकले त्यहीँबाट कान्छारामलाई फोन गरेर राजीनामा मागेको समेत बताइएको छ । कान्छारामले राजीनामा दिन नमानेपछि प्रधानमन्त्री ओलीले उनलाई बर्खास्त गरेका हुन । उनले पटक पटक सरकार माथि प्रश्न उठाँउने गरेका छन । बर्खास्तीमा परेपछि कान्छारामले काग्रेस पार्टी देउवाले हैन ओलीले चलाएको आरोप समेत लगाएका छन । प्रधानमन्त्री ओलीले उनकै पार्टीबाट शिक्षामन्त्री बनेकी विद्या भट्टराईलाई पनि कुलमानलाई समर्थन गरेकै कारण राजीनामा दिन बाध्य पारेको तामाङले दाबी गरेका छन ।
यता बर्खास्ता परेका उर्जाराज्य मन्त्री पूर्णबहादुर तामाङ कान्छारामले अब के पी ओली बर्खास्तमा पर्ने चेतावनी दिएका छन । राज्यमन्त्रीको जिम्मेवारीबाट बुधबार हटाइएपछि उनले अब प्रधानमन्त्री ओलीको बर्खास्तीको पालो आउने बताएका हुन् । नेता तामाङले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको पक्षमा बोल्दा आफूलाई पदमुक्त गरिएको पनि दाबी गरेका छन ।