काठमाडौँ । प्रधानमन्त्री ओलीले बर्खास्त गरेका उर्जाराज्यमन्त्री कान्छाराम तामाङले रवि लामिछानेको बिषयमा नयाँ खुलासा गरेका छन । उनले एमाले अध्यक्ष के पी ओलीले फोन गरेर सिधै जेल हाल्न लगाएको बताएका छन । लालीगुँरास मिडिया सँगको अन्तरवार्तामा बोल्दै उनले उपप्रधान तथा गृहमन्त्री भएको मान्छेलाई यसरी हतार हतार अनुसन्धान गरेर जेल पठाउनु पर्ने कारण नभएको पनि जिकिर गरेका छन ।
उनले सम्पुर्ण न्यायालय नै के पी शर्मा ओलीको हातमा रहेको पनि आरोप लगाएका छन । हुनपनि पछिल्लो समयमा रवि प्रति सरकारले जुन प्रकारले प्रतिशोध पुर्ण व्यवहार गरिरहेको छ,त्यसले यस्तै संकेत गरेको छ । सहकारी प्रकरणमा फरार जीबि राईलाई अहिलेसम्म सरकारले खोज्न सकेको छैन भने रविलाई जेलमा हाल्न सरकार लागि परेको छ । सरकार कै दबाब र निर्देशनमा उनलाई विभिन्न मुद्धाहरु पनि लगाइएको छ । चैत २२ गते पुन पक्राउ गर्दा पनि राज्यकै दबाबमा उनलाई पक्राउ गरिएको थियो,उनकै बेडरुममा राति प्रहरी पुगेर समात्न खाजेपछि राज्य र नेपाल प्रहरीकै चर्को आलोचना भएको थियो । यतिमात्रै हैन उनको अन्तिम इच्छा समेत सोधिएको थियो ।
यसअघि पक्राउ गर्दा पनि राज्यले रवि लामिछानेलाई रातारात चितवन बाट पोखरा लगेको थियो,यसमा पनि राज्यले दबाब दिएको बिषय खुल्न आएको थियो । यो बिषय मानब अधिकार सम्म पुगेको थियो । ५ ओटा सहकारीको बचत रकम अपचलन गरेको आरोप लागेका रविलाई राज्यकै दबाब र प्रभावमा पारेर अनुसन्धान नै प्रभावित पार्ने काम भएको छ ।