काठमाडौँ । बालेन शाहले यतिबेला सरकारले लुकाइरहेको अर्को एक कर्तुत भन्दै पहिले देखी नै किचलो बनिरहेको नक्सापासको बिषयमाथि एक पर्दाफास गरेका छन । काठमाडौँ टावरको निर्माणको विषयमा भएको विवादबारे मेयर बालेन शाहले यतिबेला आफनो सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै भनेका भवनको नक्सापासको प्रक्रियामा धेरै गम्भिर त्रुटीहरू भेटिएका छन् । महानगरलाई आर्थिक क्षति पुर्याइ केहि सिमित व्यक्तिहरुको नाफाका लागि नीतिगत भ्रष्टाचार भएका छन् । विभिन्न प्रमाणहरू महानगरमा सुरक्षीत छन्।कसरी महानगरलाई १ अर्ब भन्दा ठूलो क्षती हुन्थ्यो यदि यो काम भयो भने१ कहिले यस्तो साझेदारी देख्नु भएको छ, जहाँ ठूलो लगानीकर्ताले ३ कमाउँदा सानो लगानीकर्ताले १०० कमाउनेरु काठमाडौँ टावरमा काठमाडौँ महानगर ठूलो लगानीकर्ता हो,’ उनले भनेका छन्,काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीच लामो समयदेखी खटपट देखिदै आईरहेको छ ।
गुरागाईंमाथि कारबाहीको लागि बालेन कस्सिरहेका छन । उनी लेख्छन कसरी महानगरलाई १ अर्ब भन्दा ठूलो क्षती हुन्थ्यो यदि यो काम भयो भने भन्दै भनेका छन काठमाडौँ टावरमा काठमाडौँ महानगर ठूलो लगानीकर्ता हो । यसको पुर्ण जानकारी नपाउँदा तपाईंलाई लाग्न सक्छ, जाबो नक्सापासकै कुरा त हो, कति लम्ब्याएको १ तर यो त्यति सामान्य छैन । यो भवन र नक्सापासको पछाडि धेरै कुरा छन् ।
तत्कालिन प्रमुख प्रसासकिय अधिकृतले प्रक्रिया पुगेन नक्सा पास गर्न सकिदैन भनि २–२ पटक फिर्ता पठाएको नक्सा फाइल सरोज गुरागाई हाजिर भएको दोश्रो दिन मै आधिकारिक प्रणाली प्रयोग नगरी, सम्बन्धित विभागीय प्रमुख लाइ समेत थाहा नदिई नक्सा पास गरिदिनु पर्ने के थियो कारण रु महानगरको अरु महत्वपुर्ण नगरी नहुने काम के कति गर्नुभयो आएको २ दिन मै रु केहि त पक्कै थियो होइन भने त लुकाएर गर्नु हुन्थेन होला । नगर प्रमुख र कार्यपालिका अनि एएए द्ययचम सँग प्रत्यक्ष जोडिएको बिषयमा पनि ३ महिना पछि अरु कसैले उजुरी दिएर मात्र थाहा पाउनु पर्ने रु यति बिधि गोप्य तरिकाले काम गर्नु पर्ने के थियो कारण रु
नियमित काम गरिरहेका प्रमुख प्रशासकीय अधिकृतलाई सरकार फेरिने बित्तिकै हटाइयो । उहाँ आएको जम्मा ७ महिनामात्र हुँदै थियो । उनको ठाउँमा संघीय सरकारले रोजेर सरोज गुरागाईलाई पठायो ।
जो आए पनि कामै गर्ने हो भनेर हामीले सहकार्य गरिरहेका नै थियौँ, तर ३ महिनापछि कर्तुत थाहा भयो । उहाँले गलत गर्नु भयो, उहाँसँग अब विश्वास रहेन कि उहाँलाई महानगरको त्यति ठुलो जिम्मेवारी दिन सकियोस्, यसैले उहाँलाई फिर्ता गराएर अर्को पठाइदिनुस् भनेर सरकारलाई पटक पटक पत्राचार तथा संवाद गरियो तर नतिजा १ सबैले देख्नु भएकै छ । अघिल्लोलाई बिनासमय हटाइदिँन सक्ने तर सरोज गुरागाईँलाई नसक्ने किन थियो रु सबैको जानकारीका लागि, सरोज गुरागाईले कहाँ बसेर के कुरा गर्नु हुन्छ, कुन कागजमा हस्ताक्षर गर्ने अभ्यास गर्नु हुन्छ भन्ने हाम्रो चासोको बिषय होइन, हामीले जान्ने यति हो कि महानगरको आधिकारिक ईबिएस प्रणालीमा अहिले पनि नक्सापास भएको छैन । महानगरले आधिकारिक प्रक्रिया र प्रणालीबाट स्वीकृत नभएको कागजलाई नक्सापास मान्दैन । यस बाहेक अहिलेसम्म पनि हामीलाई थाहा नभएका कति गल्ति गर्नु भएको छ, त्यो पनि बिस्तारै खुल्दै जाला । तपाइहरु पनि कसैले महानगरमा यस्ता अनियमितता देख्नु भएको छ भने हामीलाई सुचना दिनुहोस् । तपाइको परिचय हामी गोप्य राख्ने छौँ । गल्ति गर्ने कसैलाई पनि छुट छैन महानगरमा । अन्त्यमा, लोकतन्त्र दिवस भ्रष्टाचाररहित समाज भएर मनाउन पाइयोस् । सबैलाई यहि शुभकामना । उनले लेखेका छन ।