Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

देउवाले थाइल्यान्ड प्रस्थानअघि प्रचण्डलाई फोन गरेपछि...

देउवाले थाइल्यान्ड प्रस्थानअघि प्रचण्डलाई फोन गरेपछि...

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थाइल्यान्ड प्रस्थानअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोन गरेको खुलासा भएको छ । सत्ता परिवर्तनको हल्ला भईरहेका बेला प्रचण्डलाई फोन गरेको खुलेको हो । २ तिहाइ सरकारको नेतृत्व गरेर पनि सोचेअनुसार काम गर्न नसकेका ओली यतिबेला आफनै कारणले चौतर्फी घेराबन्दीमा पर्नुका साथै आलोचना खेपिरहेका छन । उनको पार्टी भित्रै आलोचना हुनुका साथै आम जनताहरु र कार्यकर्तामा असन्तुबिष्ट पनि बढेको छ । काग्रेसले बलियो रुपमा साथ दिएका आलीसँग यतिबेला काग्रेस नै चिढिएका छ,उनी प्रति विश्वास पनि घट्दै गएको छ । काग्रेसका उपसभापति पुर्ण बहादुर खड्काले देउवा आएपछि अर्को तरिकाले अघि बढ्ने बताइसकेका छन भने आज मात्रै प्रचण्डले देउवा फर्किएपछि नयाँ समिकरण बन्ने र परिपक्क भएर अघि बढ्ने बताएका छन । यी र यस्ता कुराहरुले पनि ओली सरकारको आयु छोटिदै गएको आँकलन गरिएको छ । वैशाख ७ गते उपचारका लागि भन्दै देउवा थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेका थिए । सिंहदबारमा बिहीबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा प्रचण्डले देउवाले आफूलाई फोन गरेको ब्रिफिङ गरेका हुन् । नयाँ समीकरणका विषयमा देउवा थाइल्यान्डबाट फर्किएपछि उनीसँग छलफल गर्ने तयारी समेत रहेको छ । उनले अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै हुने पनि संकेत गरेका छन् । यस अगाडी पनि पटक पटक प्रचण्डले नयाँ बर्ष संगै नयाँ सरकार बन्ने बताउँदै आएका छन् । यसै पनि देउवा परिवार सहित बंकक गए पछि एमालेमा भने आशंका चुलीएको छ । प्रभानमन्त्री ओलीले भने कुनौ पनि हालतमा सरकार नढल्ने दाबी गर्दै आएका छन् । तर, अब सरकारमा संकट आएको बिश्लेषकहरु बताउँछन् । ओलीका पछिल्ला कार्यशैलीलाई लिएर कांग्रेस थप चिढिएको छ । ओलीका कारण गर्भनर नियुक्त र अन्य आन्दोलनहरुको निकास हुन नसकेको काग्रेसको बुझाइ छ । ओलीमाथि केवल पार्टीभित्र मात्र होइन, बाह्य रूपमा पनि दबाब बढ्दो छ । गठबन्धन दलका केही नेताहरूले बारम्बार एमालेभित्र ‘लोकतन्त्रको अभाव’ र ‘ओली एकछत्र’ भएको आरोप लगाउँदै आएका छन् । बहुमतको जग टेकेर सरकार बनाएका ओलीको लगी यो सरकार काम गर्न कम्र्फटेबल नै छ । तर, ओली काँग्रेस नेताको घेराउमा पर्न थालेका छन् । उसो त ओलीलाई काम गर्न कुनै बाधा छैन। दुई ठूला पार्टी मिलेर बनेको सुविधाजनक बहुमतको सरकार छ। तैपनि सरकारका कुनै पनि संरचनाले ठिकसँग काम गरिरहेको छैन । यो बिषयलाई लिएर काँग्रेस नेताहरु आक्रामक छन् । सरकार बनेको नौ महिना नपुग्दै संयन्त्रमा रहेका कांग्रेस नेताहरूले असन्तुष्टि व्यक्त गर्न थालेका छन्।