काठमाडौँ । २ तिहाइ सरकारको नेतृत्व गरेर पनि सोचेअनुसार काम गर्न नसकेका ओली यतिबेला आफनै कारणले चौतर्फी घेराबन्दीमा पर्नुका साथै आलोचना खेपिरहेका छन । उनको पार्टी भित्रै आलोचना हुनुका साथै आम जनताहरु र कार्यकर्तामा असन्तुबिष्ट पनि बढेको छ । काग्रेसले बलियो रुपमा साथ दिएका आलीसँग यतिबेला काग्रेस नै चिढिएका छ,उनी प्रति विश्वास पनि घट्दै गएको छ ।
काग्रेसका उपसभापति पुर्ण बहादुर खड्काले देउवा आएपछि अर्को तरिकाले अघि बढ्ने बताइसकेका छन भने आज मात्रै प्रचण्डले देउवा फर्किएपछि नयाँ समिकरण बन्ने र परिपक्क भएर अघि बढ्ने बताएका छन । यी र यस्ता कुराहरुले पनि ओली सरकारको आयु छोटिदै गएको आँकलन गरिएको छ । पछिल्लो समयमा ओली आफ्नै कारणले झन झन कमजोर बन्दै गइरहेका छन । केही दिन अघि मात्रै शिक्षामन्त्री रहेकी बिदया भट्टराई लाई ओलीले नै सहयोग नगरेपछि राजीनामा दिन बाध्य भएकी थिइन । ओलीको यो यस्तो प्रवृत्तिलाई पनि धेरैले रुचाइरहेका छैनन । एक इमान्दार मन्त्रीलाई बहिर्गमन गराउन बाध्य बनाएको भन्दै आम कार्यकर्ता पंक्तिमा ओलीप्रति आक्रोश चुलिन थालेको पाइएको छ ।
भट्टराईको राजीनामालगत्तै ओलीले हतार हतारमा एमाले नेता रघुजी पन्तलाई शिक्षा मन्त्री बनाइसकेका छन । पार्टीमा कुनै छलफल नै नगरी एकल निर्णयमा हतारमा मन्त्री नियुक्त गर्नुलाई ओलीको ‘मनपरी शैली’ का रुपमा पनि हेरिएको छ । ओलीको एकल निर्णयप्रति आक्रोश चुलिँदै जाँदा पनि कसैले खुलेर बोल्न सकेका छैनन् । पार्टीभित्र ‘विरोध गरे सकाइन्छ’ भन्ने डर व्यापक रुपमा रहेको देखिन्छ । यता काग्रेस भित्रका नेताहरुले पनि ओलीको चर्को बिरोध गदैँ आएका छन । उनको कार्यशैली ठिक नभएको अधिकांश नेताहरुको भनाई देखिन्छ । यता ओलीका पछिल्ला कार्यशैलीलाई लिएर कांग्रेस थप चिढिएको छ । ओलीका कारण गर्भनर नियुक्त र अन्य आन्दोलनहरुको निकास हुन नसकेको काग्रेसको बुझाइ छ ।
यही बीचमा ओलीले बुधबार ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई हटाएपछि कांग्रेस झन् चिढिएको छ । देउवा देश बाहिर रहेका बेलामा ओलीले एकलौटी र मनपरि रुपमा काम गरेको काग्रेसका नेताहरुको आरोप रहेको छ । ओलीमाथि केवल पार्टीभित्र मात्र होइन, बाह्य रूपमा पनि दबाब बढ्दो छ । गठबन्धन दलका केही नेताहरूले बारम्बार एमालेभित्र ‘लोकतन्त्रको अभाव’ र ‘ओली एकछत्र’ भएको आरोप लगाउँदै आएका छन् । यस्तो अवस्थामा ओलीले सम्हालिएको देखाउने ठाउँ जति सानो हुँदैछ ।