Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एमालेको कार्यक्रममा आधा झन्डा झुकाइएपछि...

एमालेको कार्यक्रममा आधा झन्डा झुकाइएपछि...

काठमाडौँ । एमालेले काठमाडौँमा आज गर्न लागेको कार्यक्रममा नेपालकोे झन्डा आधा झुकाइएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । एमाले अध्यक्ष ओलीले आज काठमाडौँको भृकुटीमण्डपमा ४० बर्ष मुनिका १ लाख युवा उतारेर आफनो शक्ति प्रर्दशन गर्न लागेका हुन,जुन कार्यक्रममा पार्टी र नेपालका झन्डा राखिएको छ ।

सडक पेटीका छेउमा राखिएका नेपालका झन्डा झुकाइएपछि आलोचना भएको हो । यता उक्त कार्यक्रममा राष्ट्रिय झण्डाको ‘पोजिसन’ लाई लिएर राप्रपाका एक नेताले आपत्ति जनाएका छन् । राप्रपा महामन्त्री शरदराज पाठकले कार्यक्रम स्थलमा राष्ट्रिय झण्डा आधा झुकाइएको भन्दै आपत्ति जनाएका हुन् । यसरी के को शोक मनाइएको हो भन्ने उनले प्रश्न गरेका छन । फेसबुकमा स्टाटस लेख्दै पाठकले भनेका छन्,एमालेको आजको कार्यक्रम स्थलमा राष्ट्रिय झण्डा आधा झुकाइएका छन्। यसरी के को शोक मनाइएको हो?

तपाईरूको पार्टीको झण्डा जे सुकै गर्नुस्, मतलब भएन। तर राष्ट्रिय झण्डाको यस्तो अपमान र मनपरीका लागि आयोजक मुख्यरूपमा अध्यक्ष केपी ओली र महासचिव शङ्कर पोखरेल लगायतलाई दण्डित गरिनुपर्छ । भनेर लेखेका छन । यस्तै नेपाल सरकारका पुर्व सचिव एवम सामाजिक अभियान्ता भीम उपाध्यायले पनि उक्त झन्डाको बिषयमा आपत्ति जनाएका छन ।

उनले बाटाभरी राष्टिय झन्डा आधा किन झुकाइएको हो भन्दै प्रश्न गरेका छन । उनले फेसबुकमा लेखेका छन, आज बैशाख ११ गते भृकुटी मण्डपका बाटाभरि राष्ट्रिय झण्डा आधा किन झुकाएको हो र? यसरी आधा झण्डा झुकाउनुपर्ने आज अकस्मात के त्यस्तो शोक आई पर्यो? भन्दै प्रश्न समेत गरेका छन । एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा आज काठमाडौंमा ‘युथ सेलिब्रेशन’को नाम दिइएको उक्त कार्यक्रमका लागि देशभर बाट एमालेले युवाहरुलाई काठमाडौँ उतारेको छ ।