काठमाडौँ । प्रधानमन्त्री ओलीले नयाँ शिक्षा मन्त्रीका रुपमा एमालेका नेता रघु जी पन्तलाई नियुक्त गरेका छन । वैशाख ८ गते विद्या भट्टराईले शिक्षामन्त्रीको पदबाट राजीनामा दिएकी थिइन् । लगत्तै रिक्त पदमा एमालेले पन्तलाई मन्त्री बनाउने भएको हो । प्रधानमन्त्री निकट स्रोतका अनुसार उनको शपथ भोलि गराउने तयारी छ । एमालेको समानुपातिक सांसद पन्त यसअघि २०६३ सालमा श्रममन्त्री भएका थिए ।
ओलीले अञ्जना शाक्यलाई शिक्षा मन्त्रीमा नियुक्त गर्ने चर्चा समेत चलेको थियो । पछिल्लो समयमा शिक्षकहरु शिक्षा ऐन जारी गर्न भन्दै सडकमा आएका थिए,उनको माग पुरा गर्न नसकेको भन्दै भट्टराईले राजीनामा दिइएकी थिइन ।