Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ओली र मोदी बिचमा टेलिफोन संवाद,आतंकवादी हमलामा भारतलाई साथ

ओली र मोदी बिचमा टेलिफोन संवाद,आतंकवादी हमलामा भारतलाई साथ

काठमाडौँ । प्रधानमन्त्री के पी शर्मा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिचमा संवाद भएको छ । उनीहरु बिचमा आज टेलिफोनमा कुराकानी भएको खुल्न आएको हो । जम्मु कश्मिरमा आतंकवादी समूहले हमाला गरेपछि ओलीले मोदीसँग संवाद गरेका हुन । उनले मोदीसँगको छलफलका क्रममा आतंकवादी हमलमा ज्यान गुमाउनेप्रति समवेदना प्रकट गर्दै यस्ता कार्यविरुद्ध नेपालको ऐक्यबद्धता रहेको बताएका छन् । प्रधानमन्त्रीले नेपाली नागरिकको समेत ज्यान गएको सो घटनापछि भारत सरकारको तर्फबाट देखाइएको समवेदनाप्रति समेत धन्यवाद दिएका छन् । जम्मु कश्मिरमा भएको आतंकवादी हमलामा परि २८ जनाभन्दा बढीको ज्यान गएको छ भने एक जना नेपालीको पनि ज्यान गएको छ । यता आक्रमणको जिम्मेवारी प्रतिबन्धित पाकिस्तानी विद्रोही समूह लश्कर–ए–तैयबा (एलईटी) को छायाँ संगठन रेजिस्टेन्स फ्रन्ट (टीआरएफ) ले जिम्मेवारी लिएको छ । जम्मु–कश्मीरमा आतंकवादी हमला भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरेबिया (यूएई) भ्रमण छोट्याएर स्वदेश फर्केका छन् । मोदी मंगलबार नै साउदी अरबको दुईदिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका थिए। उनले जम्मु–कश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा मंगलबार भएको आक्रमणलाई ’आतंकवादी आक्रमण’का रूपमा उल्लेख ’आक्रमणमा संलग्नहरूलाई नछाड्ने बताएका छन । राजधानी दिल्ली पुग्नेबित्तिकै मोदीले आपत्कालीन बैठक राखेर परिस्थितिबारे जानकारी लिएका छन् । भारतको राजधानी दिल्लीमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ । यस्तै भारतीय अधिकारीहरूले जम्मु–कश्मीरको पहलगाममा पर्यटकमाथि आक्रमण गर्ने तीन संदिग्धको पहिचान गरेका छन् । भारतीय अधिकारीले घटनामा बाँच्न सफल भएकाको सहयोगमा तीन संदिग्धको स्केचसमेत तयार पारेका छन् ।

आक्रमणकारीहरू आसिफ फौजी, सुलेमान शाह र अबु तल्हा भएको अधिकारीहरूलाई उद्धृत गर्दै पीटीआई समाचार संस्थाले जनाएको छ । पीटीआईका अनुसार उनीहरूको उपनाम मुसा, युनुस र आसिफ हो । भारतीय सञ्चार माध्यमहरूका अनुसार आतंकवादीले पर्यटकरूको नाम सोधेपछि गोली प्रहार गरेका थिए ।उत्तर प्रदेशका सुभम द्विवेदीसँग आक्रमणकारीले नाम सोधेको र पछि गोली प्रहार गरेको बताइएको छ । त्यसपछि भने अन्य पर्यटकमाथि पनि गोली हानिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमणकारीहरू जम्मूको किश्तवाडबाट सीमा पार गरेर दक्षिण कश्मीरको कोकरनाग हुँदै बैसरन पुगेको बताइएको छ । भारतीय अधिकारीहरूका अनुसार उनीहरूको खोजी कार्य तीव्र पारिएको छ । जम्मू–कश्मीरमा सन् २०१९ को पुलवामा आक्रमणपछि यो सबैभन्दा ठूलो आक्रमण हो । त्यसबेला सीआरपीएफका ४० जवान मारिएका थिए । पहलगाम आक्रमणपछि भारतका अन्य सहरहरूमा पनि उच्च सतर्कता अपनाइएको छ ।