काठमाडौँ । प्रधानमन्त्री केपि शर्मा ओली जस्तो अयोग्य र गैरजिम्मेवार यो देशमा कोही नभएको डा. भिम रावलले बताएका छन । उनले एक टेलिभिजन कार्यक्रममा बोल्दै देशमा शिक्षक आन्दोलन चर्किएको छ , तर ओलीलाई कुनै वास्ता छैन । शिक्षकहरुलाई वार्तामा ल्याएर परीक्षा लिन जानुस्, तपाईँहरु उत्तरपुस्तिका हेर्नुस्, अरु कुरा गर्दै गरौंला भन्नेसमेत नसक्ने प्रधानमन्त्री जती अयोग्य, गैरजिम्मेवार यो देशमा को हुनसक्छ ? यस्तो सरकारको औचित्य नै छैन, उनले भनेका छन । साथै, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनमा दिन्को कारण प्रधानमन्त्री ओलीले आवश्यक सहयोग नगर्नु नै रहेको उनले बताए । शिक्षा मन्त्रीलाई मन्त्रिपरिषदबाट केही आवश्यक सहयोग नभएको उनको भनाई रहेको छ । केपि ओलीकै कारण शिक्षा मन्त्रीले राजिनामा दिएको उनको बताएका छन । पूर्व उपप्रधानमन्त्री डा.भीम रावलले शिक्षकहरुले माग सम्बोधन हुन नसक्नुले सरकार पूर्ण असफल भएको पुष्टि भएको बताएका छन् । यतिबेला भिम रावलले ओलीका गोप्य कुराको खुलासा गर्दै बिभिन्न आरोप लगाउदै हिडिरहेका छन भने यता ओलीले पनि कुनै कार्यक्रमम भिमरावलको बिरोध र उनीमाथि आरोप लगाउदै हिडेका छन । भिम रावलले ठूला पार्टीमा पद लिने होड भएको उल्लेख गर्दै देशव्यापी भ्रष्टाचार बढेको समेत बताए । ’भ्रष्टाचारमा ठूला व्यक्ति संलग्न छन् । ठूला भनिएकालाई जोगाउन प्रयास भइरहेको छ । ठूला दलले विदेशी हस्तक्षेप निम्त्याएका छन् । सत्ताको दुरुपयोग गरी नव तानाशाह बन्न खोज्दैछ्न्,’ उनले भने । यतिबेला भिम रावलको पक्षमा लामबद्द हुने लहर नै चलेको नेकपा ९एमाले० का सुदूरपश्चिम प्रदेश लेखा कमिटी सदस्य बालागिरी कुँवरसहित ७० नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्। एक विज्ञप्तीमार्फत उनले ३५ वर्ष लामो पार्टी यात्रा त्याग्दै मातृभूमि जागरण अभियानमा सहभागी हुने घोषणा गरेको घोषणा गरेका छन्।
नेकपा एमालेले पूर्वउपाध्यक्ष डा। भीम रावललाई निष्कासित गरेपछि मातृभूमी जागरण अभियान सुरु गरेका छ्न्। रावललाई निस्कासित गरेपछि सुदूरपश्चिममा असन्तुष्ट हुँदै एमालेका नेता–कार्यकर्ताले र अन्य दलले उनलाई समर्थन गर्न थालेका छन्। दलविहीन बनेपछि मातृभूमि जागरण अभियानको घोषणा गर्दै रावल गृहजिल्ला अछाम पुगेसँगै एमालेभित्र रहेको असन्तुष्टि सार्वजनिक हुन थालेको हो। उनीहरुले डा।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई समर्थन गर्ने घोषणा गरेका हुन्। पुस १० मा एमालेले नेता रावललाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो। त्यसपछि अभियान घोषणा गरेर रावल देश दौडाहमा छन् एमाले अध्यक्ष केपी शर्मा ओलीको गुटबन्दी, निरङ्कुश कार्यशैली, पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभाव, भ्रष्टाचारमा संलग्न नेताहरूलाई संरक्षण, र जनवादी मूल्यहरूको अवमूल्यनले आफू पार्टी छोड्ने निर्णयमा पुगेको उनीसहितका नेताहरूले जारी गरेको वक्तव्यमा उल्लेख छ। नेता रावल संयोजक रहेको मातृभूमि जागरण अभियानले भ्रष्टाचारको अन्त, राष्ट्रियता संरक्षण, सुशासन, र समृद्ध नेपालको परिकल्पना साकार पार्ने लक्ष्य राखेको पनि उल्लेख गरिएको छ।