Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दुर्गा प्रसाईं निकट अर्का प्रदर्शनकारी पनि पक्राउ

दुर्गा प्रसाईं निकट अर्का प्रदर्शनकारी पनि पक्राउ

काठमाडौँ । काठमाडौँको तीनकुनेमा आयोजित पूर्वराजा समर्थकहरूको प्रदर्शनमा सहभागी भएर राज्य विरुद्धको कसुर गरेको आरोपमा प्रहरीले काठमाडौँ महानगरपालिका–६ नयाँबस्ती घर भएका दुर्ग प्रसाईं निकट तेजेन्द्र रायमाझीलाई पक्राउ गरेको छ । उनलाई जोरपाटीबाट पक्राउ गरिएको हो । उनी ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को युवा मोर्चा नागरिक प्रतिरक्षा बलको बागमती अञ्चल समितिको संयोजक हुन् । अहिले पछिल्लो समय तिनकुने घटनामा जोडिएकाहरु धमाधम पक्राउ पर्न थालेका छन् ।

प्रहरीले सिसिटीभि फुटेजका आधारमा उनीहरलाई पक्राउ गरिरहेको छ । गत चैत्र १५ गते राजावादीहरुले तिनकुनेमा विध्वंश नै मच्याएका थिए । प्रदर्शन शिंसात्मक बन्दा करोडौँको क्षति भयो भने २ जनाले ज्यान समेत गुमाएका थिए । अहिले आन्दोलनका मुख्य नाईके प्रसाई पक्राउ परिसकेका छन् । प्रसाईंको बयान लिने काम सुरु भएको छ । जिल्ला सरकारी वकिल कार्यालय बबरमहलमा उपस्थित गराएर प्रसाईंको बयान लिन सुरु गरिएको हो । उनी विरुछ प्रहरी ज्यान मार्ने उद्योग, संगठित अपराध, राज्यविरुद्धको कसुरभित्रको राजद्रोहको अपराध, आपराधिक उपद्रवको कसुरमा बयान सुरु भएको छ । राजावादी प्रदर्शनमा सुरक्षाकर्मीलाई मार्ने नियतले गाडीले पेल्दै अघि बढेको भन्दै त्यस दिन ड्युटीमा खटिएका सुरक्षाकर्मीले उनीविरुद्ध ज्यान मार्ने उद्योगको समेत जाहेरी दिएका थिए । ज्यान मार्ने उद्योगको कसुर प्रसाईंविरुद्ध सबैभन्दा बलियो मुद्दा बन्न सक्ने बताइएको छ ।

यस्तै उनी निकटका रायमाझीविरुद्ध राज्य विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गरिने बताइएको छ । चैत १५ मा तीनकुनेमा अवाञ्छित गतिविधि गरेको आरोमा रायमाझी सहित ७४ जना थुनामा छन् । एक जना नाबालक र राप्रपाका महामन्त्री धवल शमशेर सहित १० जना भने हाजिर जमानीमा छुटेका छन् । आइतबार राति राणालाई रिहा गरिएको हो । राणालाई उपचारका निम्ति सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानीमा परिवारको जिम्मा लगाइएको उनले बताए। राप्रपा महामन्त्री राणा करिब तीन महिना भारतका विभिन्न अस्पतालमा क्यान्सरको उपचार गरेर गत पुसमा स्वदेश फर्किएका थिए। त्यसपछि उनी राजनीतिमै सक्रिय रहँदै आएका थिए। उनले स्वास्थ्य उपचारका लागि हिरासत मुक्त गरिदिन आग्रह गर्दै आएका थिए। चैत १५ गते दुर्गा प्रसाईंको आह्वानमा तीनकुनेमा भएको प्रदर्शन भड्काएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो। अहिले रविन्द्र मिश्र लगायत हिरासतमै छन् । उनीहरु विरुद्ध अनुशन्धान भई रहेको छ । पछिल्लो समय राजा फर्काउने र हिन्दुराष्ट्र कायम गर्न माग गर्दै विभिन्न संस्था तथा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सडकमा छ । राप्रपाले पनि सडक प्रदर्शन गरिरहेको छ । पुर्व राजा ज्ञानेन्द्रको सल्लाह लिएर राप्रपा पनि सडक संघर्षमा होमिएको हो ।