Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नवराज सुवेदी ‘नजरबन्द’ मुक्त,फर्किए आफ्नै काममा

नवराज सुवेदी ‘नजरबन्द’ मुक्त,फर्किए आफ्नै काममा

काठमाडौँ । ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीमाथिको जारी ‘नजरबन्द’ हटेको छ ।

चैत १५ मा तीनकुनेमा व्यवस्था विरोधी समूह राजावादीले गरेको प्रदर्शन हिंसात्मक बनेसँगै सुवेदी घरमै नजरबन्दमा परेका थिए । तर आजदेखि आफूमाथिको प्रहरी निगरानी हटेको सुवेदीले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यससँगै आफू समितिको काममा फर्किएको उनको विज्ञप्तिमा उल्लेख छ । उनले यसबीचमा आफूलाई सद्भाव र सहानुभूति राख्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।

सुवेदी घरबाहिर निस्कन नपाइने भएपनि समितिको कार्यवाहक संयोजकको जिम्मेवारी जगमान गुरुङले पाएका थिए । ’गत चैत १५ गतेबाट चौबीसै घण्टा म प्रहरीको निगरानीमा थिएँ,’ ’आजको दिनबाट निगरानी हटेको छ र म संयुक्त जनआन्दोलन समितिको नियमित काममा फर्केको छु।’ उनले जारी गरेको बिज्ञप्तीमा भनिएको छ । नवराजका छोरा कनक सुबेदीले अहिले नजरबन्दबाट हटेपछि दाँतको उपचारका लागि आएको बताएका छन् । यता १५ गतेको आन्दोलन पछि पुर्व राजा ज्ञानेन्द्र पनि अघोषित नजरबन्धमा थिए । उनको सुरक्षाको टोली फेर्नुका साथै सुरक्षा कटौती समेत गरिएको थियो । अहिले पछिल्लो समय तिनकुने घटनामा जोडिएकाहरु धमाधम पक्राउ पर्न थालेका छन् ।

प्रहरीले सिसिटीभि फुटेजका आधारमा उनीहरलाई पक्राउ गरिरहेको छ । गत चैत्र १५ गते राजावादीहरुले तिनकुनेमा विध्वंश नै मच्याएका थिए । प्रदर्शन शिंसात्मक बन्दा करोडौँको क्षति भयो भने २ जनाले ज्यान समेत गुमाएका थिए । अहिले आन्दोलनका मुख्य नाईके प्रसाई पक्राउ परिसकेका छन् । प्रसाईंको बयान लिने काम सुरु भएको छ । जिल्ला सरकारी वकिल कार्यालय बबरमहलमा उपस्थित गराएर प्रसाईंको बयान लिन सुरु गरिएको हो । उनी विरुछ प्रहरी ज्यान मार्ने उद्योग, संगठित अपराध, राज्यविरुद्धको कसुरभित्रको राजद्रोहको अपराध, आपराधिक उपद्रवको कसुरमा बयान सुरु भएको छ । राजावादी प्रदर्शनमा सुरक्षाकर्मीलाई मार्ने नियतले गाडीले पेल्दै अघि बढेको भन्दै त्यस दिन ड्युटीमा खटिएका सुरक्षाकर्मीले उनीविरुद्ध ज्यान मार्ने उद्योगको समेत जाहेरी दिएका थिए । ज्यान मार्ने उद्योगको कसुर प्रसाईंविरुद्ध सबैभन्दा बलियो मुद्दा बन्न सक्ने बताइएको छ ।

अहिले राप्रपाका उपाध्यक्ष मिश्र लगायत कार्यकर्ता र समर्थक हिरासतमै छन् । । एक जना नाबालक र राप्रपाका महामन्त्री धवल शमशेर सहित १० जना भने हाजिर जमानीमा छुटेका छन् । आइतबार राति राणालाई रिहा गरिएको हो । राणालाई उपचारका निम्ति सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानीमा परिवारको जिम्मा लगाइएको हो । पछिल्लो समय राजा फर्काउने र हिन्दुराष्ट्र कायम गर्न माग गर्दै विभिन्न संस्था तथा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सडकमा छ ।