काठमाडौँ । भैरहवा कारागारमा रहेका रवि लामिछाने लाई रास्वपाका केही नेताहरुले भेटघाट गरेका छन । लामिछाने सँग उपसभाति स्वर्णीम वाग्ले, मनिष झा, विराजभक्त श्रेष्ठ, गणेश पराजुली, अनिलकेशरी शाहसहितका नेताहरुले लामिछानेलाई भेटर फर्किएको बताइएको छ । लामिछानेलाई भेटेर पछिल्लो अवस्थाबारे जानकारी लिएको नेताहरुले जानकारी दिएका छन । बुटवलको सुप्रिम सहकारी प्रकरणमा मुछिएका रवि उच्च अदालत तुलसीपुर बुटवलको आदेशमा पुर्पक्षका लागि भैरहवा कारागारमा रहेकाम छन ।
न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले चैत २२ मा बुटवलस्थित सुप्रिम सहकारी ठगी सम्बन्धी कसूर र संगठित अपराध सम्बन्धी मुद्दामा जिल्लाको आदेश उल्टाउँदै थुनामा पठाउने आदेश गरेसँगै उनी सोही दिन काठमाण्डौंमा पक्राउ परेका थिए । उनी बिरुद्ध ५ ओटा सहकारीको बचत रकम अपचलन गरको आरोप रहेको छ । काठमाडौँ,कास्की,रुपन्देही,चितवन र पर्सामा रहेका सहकारीका रकम अपचलन गरेको आरोप लागेको हो । उनको मुद्धा पर्सामा दर्ता गर्न बाँकी रहको छ ।
सुप्रिम सहकारीमा रवि, छवि र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूले सहकारीको ५५ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको अभियोग रहेको छ । पछिल्लो समय लामिछाने कारागार चलान भए संगै उनीमाथी प्रतिशोध साँधिएको भन्दै नेताकार्यकर्ता आक्रामक बनेका छन् । सुप्रिम सहकारी ठगीमा रवि, छवि र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूले सहकारीको ५५ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको अभियोग छ।