Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ओलीले निकाल्न थाले धमाधम पार्टीका नेता तथा कार्याकर्ता

ओलीले निकाल्न थाले धमाधम पार्टीका नेता तथा कार्याकर्ता

काठमाडौँ । एमाले अध्यक्ष ओलीले पछिल्लो समयमा भीम रावललाई साथ दिएको भन्दै पार्टीका नेता तथा कार्यकर्तालाई धमाधम निकाल्न थालेका छन । उनै ओलीले पुस १० गते भीम रावलाई पार्टी बाट सधैका लागि निकालेका थिए उनलाई निकाले पछि पार्टीका उच्च तहका नेताहरु देखि कार्याकर्ता समेत ओली प्रति रुष्ट देखिन्छन । भीम रावललाई ओलीले पार्टी बाटै निकाले पछि रावलले अहिले ‘मातृभूमि जागरण अभियान नेपाल’ नामक अभियान चलाइ रहेका छन,उनको यो अभियानमा जोडिनेहरु एमालेकै धेरै नेता तथा कार्याकर्ता रहेका छन ।

अहिले एमाले छाड्नेहरु सयौँ हैन हजारौँको संख्यामा पुगेका छन । केहीले राजिनामा दिएका छन,भने केहीलाई ओलीले निकालिरहेका छन । हिज मात्रै ओलीले सुदूरपश्चिमा नेता बालगिरी कुँवरलाई पार्टी बाटै निकालेका छन । अछाम साफेवगर–४ का कुँवर एमाले सुदूरपश्चिम प्रदेश लेखा कमिटी सदस्य थिए । एमालेबाट निष्कासित डा. भीम रावलको अभियानलाई साथ दिएको भन्दै उनलाई एमालेले निष्काशन गरेको हो । पार्टीको जिम्मेवार पदमा रहेर पार्टी विरोधी गतिविधिमा संलग्न रहेको उनीमाथि आरोप लगाइएको छ । ‘कुवँरलाई कमिटी सदस्य तथा पार्टी सदस्यताबाट समेत निष्कासन गरिएको’ एमाले प्रदेश सचिव रणबहादुर चन्दद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘उक्त पदमा रही विधानको धारा ८० को उपधारा १ र २ आकर्षित हुने अनुशासन उल्लङ्घन गरि पार्टीको विरुद्धमा लागी भ्रम पूर्ण समाचारहरू सम्प्रेषण गर्नुभएको ठहर गर्दै कमरेड बालगिरी कुवरलाई पार्टी विधान २०४९ (प्रथम विधान महाधिवेशन २०७८ को संशोधन सहित) को धारा ८१ को उप धारा (१) बमोजिम प्रदेश लेखा कमिटी सदस्य तथा पार्टी सदस्यताबाट समेत निष्कासन गरिएको छ’ विज्ञप्तिमा भनिएको छ । पुस १० मा एमालेले नेता रावललाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो। त्यसपछि अभियान घोषणा गरेर रावल देश दौडाहमा छन्। माघ ४ मा सुदूरपश्चिम पुगेका रावल अहिले गृहजिल्ला अछाममा सक्रिय छन्। ओलीले अहिले एमाले लाई एकलौटी बनाइरहेकाम छन ।

पार्टी भित्र बसेर पार्टीका गतिबिधीका बिषयमा केही बोल्ने ,सामाजिक सञ्जालमा स्टाटस लेख्ने लगाएतका कार्यहरु गरेमा ओलीले पार्टी बाट निकाल्दै आएका छन । यतिबेला ओली बिरुद्ध पार्टी भित्र घेराबन्दी पनि सुरु भैरहेका छ । उनका बिरुद्धमा पार्टी भित्र विभिन्न गुटहरु पनि बनिरहेका छन,यस्तो बेला उनै ओलीका गतिविधिहरु मथि आलोचना गर्नेको संँख्या पनि सानो रहेको देखिदैन । पार्टीमा पुर्वराष्टपति बिद्यादेवी भण्डारी पनि फकिर्ने तयारी भैरहेका बेला ओलीले विभिन्न गतिविधिहरुले भण्डारीलाई अझ सहज तुल्याएको छ ।