Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दुर्गा प्रसाईँको बयान–राजतन्त्र जसरी पनि ल्याउँने,अश्रुग्यास हानेपछि असैह्य भएर गाडी त्यसरी हुँइकाएको हुँ

दुर्गा प्रसाईँको बयान–राजतन्त्र जसरी पनि ल्याउँने,अश्रुग्यास हानेपछि असैह्य भएर गाडी त्यसरी हुँइकाएको हुँ

काठमाडौँ । प्रहरीको हिरासतमा रहेका दुर्गा प्रसाईँको प्रहरीले प्रारम्भिक बयानमा लिएको छ । प्रसाईले प्रहरी सँगको बयानमा आफुले जसरी भएपनि राजा ल्याएर छोड्ने बताउँदै आन्दोलन नरोकिने बयान दिएका छन । उनले प्रदर्शनमा अराजकता मच्चाउने र मान्छे मार्ने नियत आफूहरुको नभएको पनि बताएका छन । प्रसाईले आफ्नो कार्यक्रम सञ्चालन हुनुपूर्व नै प्रहरीले स्टेजमा अश्रुग्यास प्रहार गरेपछि भने सहन नसकेको जिकिर गरेका छन् । प्रसाईले प्रहरी दाजुभाइ मार्ने उद्देश्यले गाडी त्यसरी चलाउने कुनै योजना नभएको पनि बताएका हुन । उनले प्रहरीले स्टेजमै अश्रुग्यास हानेपछि असैह्य भएको र भित्रबाट रिस उठ्ेपछि गाडी त्यसरी हुँइकाएको बताएको स्रोतले जनाएको छ ।

हिरासतमा समेत दुर्गामा कुनै हिनताबोध र डरको भावना नरहेको प्रहरी कर्मचारी बताएका छन । गत चैत १५ गते राजावादीका कमान्डर बनेका दुर्गा प्रसाई अराजक बन्दा काठमाडौँको तीनकुने क्षेत्रमा ठुलो मात्रामा धनजनको क्षति भएको थियो । दुर्गा प्रसाईंले नै नेतृत्व गरेको प्रदर्शन अराजक बनेपछि प्रदर्शन नियन्त्रण गर्न प्रहरीले सयौँ गोली चलाएको थियो ।

प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको ज्यान गएको थियो । त्यस्तै प्रदर्शनकारीले तीनकुनेस्थित प्रेम श्रेष्ठको घरमा लगाएको आगोमा परी पत्रकार सुरेश रजकको समेत ज्यान गएको थियो । सुरक्षाकर्मी र प्रदर्शनकारी गरेर करिब एक सयजना घाइते भएका थिए । दर्जनौँ निजी घर र कार्यालयमाथि प्रदर्शनकारीले आगजनी गरेका थिए । सोही अभियोगमा प्रहरीले ८४ जनालाई पक्राउ गरेर कानुनी कारबाही अघि बढाएको छ । प्रहरीले उनीहरुको भूमिका हेरेर राज्यविरुद्धको कसुर, संगठित अपराध र ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान मुद्दामा समेत अनुसन्धान गर्ने तयारी गरेको छ । यसरी तीनकुने प्रदर्शनमा अराजक र उत्पात मच्चाएको आरोपमा पक्राउ परेका धवलशमशेर राणा, रविन्द्र मिश्र र दुर्गा प्रसाईं सबैभन्दा माथिल्लो तहका थुनुवा रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले प्रसाईंलाई भारत बाट केही दिन अघि पक्राउ गरेको थियो ।

दुर्गा प्रसाईलाई अन्य थुनुवा राखिएको कोठामै राखिएको छ । रविन्द्र मिश्रलाई भने अर्को छुट्टै कोठामा राखिएको छ । हिरासत कक्षभित्र मिश्र र प्रसाईंको भने भेट हुँदैनन । उनीहरुलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट दुईपल्ट म्याद पाएको थियो । यता धवलशसशेर राणा थुनामुक्त गरिएको छ । क्यान्सरपीडित राणाको फलोअपका लागि भारत जानुपर्ने भएकाले उनलाई प्रहरीले उपचारका लागि थुनामुक्त गरेको हो ।