Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रास्वपा नुवाकोटको म्यागङ गाउँपालिकाको अधिवेशनमा एकै दिन २० जनाले गरे पार्टी प्रवेश

रास्वपा नुवाकोटको म्यागङ गाउँपालिकाको अधिवेशनमा एकै दिन २० जनाले गरे पार्टी प्रवेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको म्यागङ गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ। शनिबार सम्पन्न भएको अधिवेशनबाट मंगल बहादुर तामाङको नेतृत्वमा ७ जना कार्य समिति सदस्य गठन गरिएको छ।

पार्टीका केन्द्रिय सदस्य तथा प्रतिनिधि सांसद असिम शाहको प्रमुख आतिथ्यतामा म्यागङ गाउँपालिकाको अधिवेशन सम्पन्न गरिएको हो। कार्यसमितिको उपसभापतिमा सप लामा तामाङ, सचिवमा जसमान तामाङ, सह- सचिवमा संजय तामाङ र सदस्यहरुमा सानुमाया घले, धन बहादुर तामाङ, भुपाल मान तामाङ रहेका छन् ।

नवगठित कार्यसमितिको सभापतिलाई निर्वाचन समिति संयोजक बागमती प्रदेश सह-महामन्त्री राधिका तिमल्सिना र कार्यसमितिका अन्य पदाधिकारी सदस्यहरुलाई नव सभापति मंगल बहादुर तामाङले पद तथा गोपनियताको सपथ खुवाएका थिए।

कार्यक्रममा केन्द्रिय सदस्य राम कृष्ण भट्टराई, बागमती प्रदेश सभापति डा. अच्युतम लामिछाने, प्रदेश महामन्त्री सुरेन्द्र भट्ट, नुवाकोट जिल्ला सभापति रामेश्वोर गजुरेल, नुवाकोट क्षेत्र न २ का प्रत्यासी उम्मेदार सुमन पाण्डे र क्षेत्र न १ का प्रत्यासी उम्मेदार डा. प्रधुम्न महत लगायत पार्टीका नेताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई विशेष सम्बोधन गर्दै जिल्ला सभापति गजुरेलले म्यागङ गाउँपालिकाको विकासका लागि र स्थानीय समस्याहरुको समाधान गर्न रास्वपा नुवाकोट प्रतिबद्द रहेको बताए। उनले भ्रटाचार र बेतिथिविरुद्द रास्वपाको अडान स्पष्ट पार्दै सुशासन र पारदर्शिताको पक्षमा पार्टीको दृढता व्यक्त गरे। गजुरेलले पार्टीको संगठनलाई बलियो बनाउनका लागि स्थानीय तहमा पार्टीको सक्रियता बढाउन स्थानीय नेताहरुलाई अनुरोध समेत गरे।

त्यस्तै, उक्त अधिवेशनका दिन विभिन्न पार्टी परित्याग गरि २० जनाले पार्टी प्रवेश गरेको सभापति गजुरेलले जानकारी दिए । उनका अनुसार केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य अशिम शाहले घन्टीको लोगो भएको ब्याच लगाएर नयाँ सदस्यहरुलाई पार्टीमा स्वागत गरेका हुन्।