Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राप्रपा सांसद राणा हाजिरी जमानीमा छुटे,भारत जाने तयारीमा

राप्रपा सांसद राणा हाजिरी जमानीमा छुटे,भारत जाने तयारीमा

काठमाडौँ । राप्रपाका महामन्त्री एवम् प्रतिनिधि सभाका सांसद धवल शमशेर राणा हाजिर जमानीमा छुटेका छन। उनलाई हिज रिहा गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसार राणालाई उपचारका लागि सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानीमा परिवारको जिम्मा लगाइएको छ ।

राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले पनि आफ्नो सामाजिक सन्जालमार्फत् राणा रिहा भएको जानकारी दिए । चैत १५ गते दुर्गा प्रसाईंको आह्वानमा तीनकुनेमा भएको प्रदर्शन भड्काएको आरोपमा राणालाई प्रहरीले पक्राउ गरेको थियो ।यता राणा भारत जाने तयारीमा रहेका छन् । मुम्बईमा क्यान्सरको उपचार गराइरहेका राणा केही दिनमै त्यसतर्फ फलोअप उपचारमा जान लागेको नेता जनकराज पाठकले जानकारी दिए ।

उनको केही महिनाअघि गिजाको क्यान्सरको उपचार भएको थियो भने त्यसको फलोअप निरन्तर गराइरहेका छन् । उनको फलोअपका लागि डाक्टरहरुले वैशाख १५ गतेको समय दिएको बताइएको छ ।