Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राप्रपाले आज काठमाडौँमा प्रर्दशन गदैँ,बिहानै बाट सडकमा प्रहरी तैनाथ

राप्रपाले आज काठमाडौँमा प्रर्दशन गदैँ,बिहानै बाट सडकमा प्रहरी तैनाथ

काठमाडौँ । आज काठमाडौँमा राप्रपा ले सरकारलाई निषेधित क्षेत्र तोड्ने चुनौती दिएपछि प्रहरी परिचालन व्यापक बनाइने भएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार आइतबार बिहानैबाट निषेधित क्षेत्रको सुरक्षाका लागि प्रहरी तैनाथ हुँदैछन् ।

केन्द्रीय प्रहरी स्रोतका अनुसार राप्रपाको कार्यक्रमलाई दृष्टिगत गर्दै आइतबार निषेधित क्षेत्रमा उपत्यकास्थित विभिन्न गण, गुल्मबाट प्रहरी परिचालन गरिने भएको छ । उनीहरूसँग म्याद नगुज्रिएको अश्रुग्याँस, प्लाष्टिकका गोली र वाटर क्यानल रहने स्रोतले जानकारी दिएको छ ।

प्रहरीको तैनाथीसँगै उपत्यका ट्राफिक प्रहरीले ट्राफिक डाइभर्सनको योजना बनाउने भएको छ । परिस्थिति हेरेर डाइभर्सन निर्धारण गरिने उपत्यका ट्राफिक प्रमुख एसएसपी विनोद घिमिरेले बताए ।